Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

मंगलबारे क्याम्पसमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

मंगलबारे क्याम्पसमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र १० २०८०


मंगलबारे क्याम्पसमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम

मंगलबारे । कृषि विकास बैंक मंगलवारे शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी सप्ताह अन्र्तगत मंगलवारे बहुमुखी क्याम्पसका विद्यार्थीहरु माझमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । शाखा प्रबन्धक अविनाश राना मगर, क्याम्पस अध्यक्ष मेघ प्रसाद चम्लगाई, क्याम्पस प्रमुख विपिन कार्की लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानी,पारिवारिक खर्चको लेखा पालन विषयका बारे जानकारी गराइएको थियो । वित्तीय साक्षरताका सम्बन्धमा बैंकका सेवाहरू, विद्युतीय बैंकिंङ सेवा, कर्जा, निक्षेप, एजेन्सी सेवा, बैंक खाताको महत्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखा जस्ता विषयका सम्बन्धमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार