Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बाँदर प्रभावित कृषकलाई बेसारको विउ वितरण

बाँदर प्रभावित कृषकलाई बेसारको विउ वितरण

  • सन्देश सम्बाददाता
  • शुक्रबार, चैत्र ९ २०८०


बाँदर प्रभावित कृषकलाई बेसारको विउ वितरण

इलाम । इलाम नगरपालिका वडा नम्बर–४ ले बाँदर प्रभावित कृषकलाई बेसारको विउ वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमका बिच कृषकलाई बिउ वितरण गरेको हो । बाँदर प्रभावित कृषकलाई बैकल्पिक खेती गराउने उद्धेश्यले बेसारको बिउ बितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए । वडाका १७० जना कृषकलाई रैथाने जातको ५०० किलो बेसारको बिउ वितरण गरिएको वडाध्यक्ष दुलालले बताए ।

बेसार खेतीमा बाँदरले क्षति गर्न नसक्ने भएकाले कृषकलाई नोक्सान नहुने उनले बताए । बेसारको आयुर्वेदिक महत्व हुनुका साथै हाम्रो दैनिक उपभोग्य वस्तुसमेत भएकाले बजारको समस्या नहुने उनको भनाई छ । वडाले चालु आवमा किसानलाई १३०० किलो मकैको बिउ, ७०० किलो गहुको बिउ, १०० किलो लोकल तोरीको बीउ, १७० मन जनक देव आलुको बिउ वितरण गरिसकेको वडाध्यक्ष दुलालले जानकारी दिए । इलाम नगरपालिका तथा वडा कार्यालयले कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

वडा कार्यालयले बिउ वितरण गरेपछि निर्वाहमुखी कृषिलाई व्यवसायीक बनाउन स्थानीय सरकारले सहयोग गरेको कृषकहरुले प्रतिक्रिया दिएका छन् । वडा कार्यालयले वितरण गरेको बिउबाट स्थानीय कृषक मेघराज लुईटेलले आधा किलोको आलु फलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार