Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

परम्परागत मान्यता तोड्दै सूर्योदय नगरपालिका १२ मा बुबाको काम छोरीबाट (तस्बिरहरु)

परम्परागत मान्यता तोड्दै सूर्योदय नगरपालिका १२ मा बुबाको काम छोरीबाट (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, चैत्र ९ २०८०


परम्परागत मान्यता तोड्दै सूर्योदय नगरपालिका १२ मा बुबाको काम छोरीबाट (तस्बिरहरु)

फिक्कल । हिन्दु धर्मावलम्बीहरुको परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गरेको प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि यो समाजमा रहँदै आएको छ । तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको क्रम बढ्दै गएको छ ।

त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेका छन् इलामका पुनम अधिकारी कार्की र उनका बहिनिहरु कल्पना अधिकारी कार्की,सुनी अधिकारी मगर र कान्छी बहिनी हेमकुमारी अधिकारी । बुवा भविन्द्र अधिकारीको गत फागुन ३० गते निधन भएपछि चार जना छोरी र आमा अनन कुमारी काजकिरियामा बसेका हुन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र किरिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनीहरु किरिया बसेका छन् । सूर्योदय नगरपालिका–१२ का भविन्द्रको ८१ बर्षको उमेरमा निधन भएपछि छोरीहरु  किरिया बसेको स्थानीय रमेश भट्टराईले बताए ।

महिला किरियाकर्ममा बस्न नपाउने भनि शास्त्रमा कहिँ उल्लेख नभएको कर्म गराई रहेका याङका पण्डित सोमनाथ घिमिरेले बताए । छोराछोरी बराबरी भएको भन्दै बुवाआमाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन ल्याउनका लागि आफुहरु बुवाको काजमा बसेको जेठी छोरी पुनमले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार