फाकफोकथुम । फाकफोकथुम ४ साबिक फुएतप्पामा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन चन्द्र दंगालीको अध्यक्षतामा सम्पन्न भएको छ । फाकफोकथुम पार्टी अध्यक्ष केवि वान्तवाको प्रमुख अतिथित्यता र थुमका बरिष्ठ उपाध्यक्ष लक्ष्मण घतानी, अरूण दर्लामीको आथित्यतामा भएको सम्मेलनमा वडा १ का पार्टी अध्यक्ष भोज बहादुर बोहोराको उपस्थिति रहेको थियो ।
धारापानी सहकारी भवनको सभाहलमा भएको वडा सम्मेलनमा सुनिल खनालको नेतृत्वमा १६ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित गरिएको निर्वाचन मण्डलका संयोजक लक्ष्मण घतानीले बताए । नयाँ निर्वाचित कार्यसमितिहरू अध्यक्ष सुनिल खनाल , उपाध्यक्ष जित बहादुर लिम्बु सचिव पदम वागदास, सहसचिव तारासारू मगर, कोषाध्यक्ष पवित्रा लिम्बु, सदस्यहरू प्रकाश लिम्बु,सागर मगर ,खेम माया लिम्बु,केशर मगर,चेतन मगर ,राज कुमार मगर ,मन कुमार मगर, बाल कृष्ण कार्की ,बविन फियाक, ईन्द्र बिशुङ्खे, छन्माया पिठाकोठे रहेका छन् ।
सल्लाहकार समितिमा पूर्व वडा कमिटी अध्यक्ष चन्द्र राना मगर, चन्द्र दंगाली र बिजय पिठाकोठे रहेका छन् । समितिहरूलाई पार्टीको बिधान अनुसार गोपनीयताको शपथ ग्रहण नेकपा माओवादी केन्द्र फाकफोकथुम पार्टी अध्यक्ष के वि बान्तवाद्वारा खुवाइएको थियो् ।