Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय १० का जेष्ठ नागरिकलाई रेडियो वितरण (तस्बिरहरु)

सूर्योदय १० का जेष्ठ नागरिकलाई रेडियो वितरण (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • मंगलबार, चैत्र ६ २०८०


सूर्योदय १० का जेष्ठ नागरिकलाई रेडियो वितरण (तस्बिरहरु)

सुर्योदय। इलामको सूर्योदय नगरपालिका वडा नं १० का जेष्ठ नागरिकलाई रेडियो वितरण गरिएको छ । वडाको आर्थिक बर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक र दलित लक्षित कार्यक्रम अन्तर्गत ८० वर्ष माथिका जेष्ठ नागरिक तथा ६० वर्ष माथिका दलित जेष्ठ नागरिकहरुलाई रेडियो वितरण गरीएको हो ।
१० नं। वडाका वडाध्यक्ष पेमा उगेन लामाका अनुसार टोल टोलमा वडाको सिंगो जनप्रतिनिधि र कर्मचारी टिम पुगेर रेडियो वितरण गरीएको हो । सोमबार पहिलो दिन सूर्योदय नगरपालिका वडा नं १० स्थित कानकाइमाई टोल,साई प्रशान्ती टोल,संगम फिक्कल टोल,सुन्दर टोल,रत्नचोक टोल,मिलन टोल,नवयुवा टोल र सुम्निमा टोलमा रेडियो वितरण गरिएको छ ।


वडाध्यक्ष लामाले उक्त कार्यक्रम मार्फत रेडियो प्राप्त गर्नुहुने जेष्ठ नागरिकले मोवाइल प्रयोग गर्न नजान्ने भएकाले रेडियोबाट सूचना तथा मनोरञ्जनका सामग्री प्राप्त गर्न सहज भएको बताए। उहाले रेडियो सूचनाको सहज माध्यम भएकाले काम गर्दै समेत सुन्न सकिने भएकाले रेडियोले समेत सहित सूचना प्रसारण गर्नु पर्ने बताउनु भयो । वडा सदस्य सरु गदालले बृद्धबृद्धाको सहरा रेडियो भएको बताइन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार