इलाम । ग्लोबल आईएमई परिवारद्धारा वित्तीय साक्षरता कार्यक्रम इलाममा सम्पन्न भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेड इलाम शाखा र ग्लोबल आईएमई क्यापिटल लिमिटेडको संयुक्त आयोजनामा इलाम नगरपालिका ७ को के एम टि प्रा लि को ट्रेनिङ हलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

कोरियन भाषा पढ्ने १ सय ४० जना विद्यार्थीहरुलाई ग्लोबल मनि विक अन्तर्गत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा वित्तीय शाक्षरता सम्बन्धि कार्यक्रमको सहजीकरण शाखा प्रमुख राजु धिमाल र अपरेसन इन्चार्ज दिव्यश्वर तिम्सिना बाट भएको हो । त्यसैगरी डिम्याट मेरोसेयर र शेयर सम्बन्धि बिषयको सहजिकरण ग्लोबल आइ एम इ क्यापिटलको नवदीप लिम्बू र प्रदीप राज खनालले गरेका थिए । कार्यक्रममा के एम टि को सञ्चालक कृष्ण कुमार रार्इले स्वागत मन्तव्य राखेका थिए ।
