Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

बीमा सम्बन्धी अन्तरक्रिया माईमा सम्पन्न

बीमा सम्बन्धी अन्तरक्रिया माईमा सम्पन्न

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २ २०८०


बीमा सम्बन्धी अन्तरक्रिया माईमा सम्पन्न

माई । नेपाल बीमा प्राधिकरणको आयोजनामा बीमा सम्बन्धी अन्तरक्रिया माई नगरपालिकामा सम्पन्न भएको छ । जीवन बीमा तथा निर्जीवन विमाहरुको नियमन निकायका रुपमा रहेको नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी माई नगरपालिकामा सरोकारलवाला संग अन्तरकृया र छलफल गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथी माई नगरपालिकाका प्रमुख खम्वा सिं लिम्बुले बीमा कार्यक्रम सर्बसाधारणका लागि झन्झटीलो भएको भन्दै सहज सेवा प्राग्तीका लागी बीमा प्राधिकरणले सहजीकरण गर्नुपर्ने धारणा राखेका थिए ।

बीमा प्राधिकरणले बीमा सञ्चालन, मूल्यांकन, सहजीकरण र भुक्तानी प्रकृया स्थानीय तहलाई प्रदान दिएमा मात्र जीवन बीमा र निर्जिवन बीमाबाट सर्बसाधारणले सहज सेवा प्राप्त गर्ने धारण राखेका थिए । नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारीको अध्यक्षता, प्रमुख  खम्बा सिं लिम्बु प्रमुख आतिथ्यता, उपप्रमुखहिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्मा सहभागितामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सम्पुर्ण बीमाका बारेमा प्राधिकरणका उपनिर्देशक शुष्मा घिमिरेले प्रस्तुती गरेकी थिइन् । निर्जिवन बीमाका बारेमा नेको इन्सुरेन्स कम्पनीका सर्बज्ञय खतिवडाले जानकारी गराएका थिए । जनप्रतिनिधी, कर्मचारी, संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायत ८० जनाको सहभागिता रहेको कार्यक्रम प्राधिकरणका सह निर्देशक दिपक ज्ञवालीको सञ्चालन, शुष्मा पोड्यालको स्वागतमा सम्पन्न भएको थियो ।

नेपालमा १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जवन बीमा कम्पनी, ७ वटा लघु बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार