Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामका विकास परियोजनामा भुत्तानी समस्या

इलामका विकास परियोजनामा भुत्तानी समस्या

  • सन्देश सम्बाददाता
  • बिहिबार, चैत्र १ २०८०


इलामका विकास परियोजनामा भुत्तानी समस्या

इलाम । बहुवर्षे ठेक्का संझौता भएका इलामका विकास अयोजनाहरुमा न्युन बजेट व्यवस्था भइ भुत्तानीको समस्या हुँदा भौतिक प्रगति न्यून भएको छ । संघीय र प्रदेश सरकारबाट बहुवर्षे ठेक्का संझौता भएका आयोजनामा बजेट न्युन भएको र थप बजेटको प्रतिवद्धता नहुँदा निर्माण व्यवसायीले साइड छोड्न थालेका छन् ।
सूर्योदय नगरपालिकामा संघीय सरकारका १० योजना संचालित छन् । एकिकृत सहरी पूर्वाधार विकास कार्यक्रमबाट १० वटा योजनाको बहुवर्षे ठेक्का संझौता भइ काम हुँदै आएपनि अहिले भुक्तानीको समस्या छ ।

१० योजनाको भौतीक प्रगति ४० प्रतिशत भएपनि भुक्तानीको समस्याले ३ योजनाको काम ठप्प छ । संघीय सरकारको सहरी विकास मन्त्रालयबाट हुँदै आएको काममा भुक्तानी नहुँदा साइड छोड्नुपर्ने अवस्था आएको निर्माण व्यवसायी नविन तामाङले बताए ।
दक्षिणि इलामको माई नगरपालिकामा १५ वेडको अस्पताल भुक्तानी समस्याले ठप्प छ । अस्पतालको कामको प्रगति ८० प्रतिशत भएपनि निर्माण व्यवसायीले ५ करोड भुत्तानी पाएका छ्रैनन् । यो आर्थिक वर्षमा माई अस्पतालका लागि ३० लाख मात्रै बजेट छ । इलाममा संचालित विकासका आयोजनाहरुमा भुक्तानी समस्या हुँदा प्रगति न्यून हुँदै गएको छ । संघीय र प्रदेश सरकारबाट बहुवर्षे ठेक्का संझौता भएका आयोजनामा बजेट न्युन भएकाले निर्माण व्यवसायीले साइड छोड्न थालेका छन् । काम गरेको भुक्तानी नपाउँदा निर्माण व्यवसायीले साइडबाट कामदार फिर्ता लैजान थालेको सन्दकपुर ३ का दिनेश ढकालले बताए ।
इलाममा संघीय सरकारको भौतीक पूर्वाधार र सहरी विकास मन्त्रालयका २० बढी बहुवर्षे ठेक्का संझौता भएका आयोजानाहरु छन् । यी आयोजनामा न्यून मात्रै बजेट व्यवस्था हुँदा भुत्तानी समस्याले भौतीक प्रगति राम्रो छै्रन । इलाममा कोशी प्रदेश सरकारबाट बहुवर्षे ठेक्का संझौता भएका विकास आयोजनाहरुमा पनि भुत्तानीको समस्या रहेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार