उदयपुर (राजावास) । उदयपुरको राजावासमा कोशी प्रदेश स्तरीय होमस्टेको सम्मेलन शुरु भएको छ । कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेश भरीका होमस्टे संचालकहरुको सम्मेलन शुरु भएको हो ।
सम्मेलनको कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती (शुसिल)को प्रमुखले उद्घाटन गरेका थिए । उदयपुर त्रियुगा नगरपालिका ८ स्थित राजावासको दनुवार सामुदायीक भवनमा आयोजना भएको कार्यक्रममा कोशी प्रदेशका उप सभामुख सृजना दनुवार, खानेपानी सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा मगर, प्रदेश सभा सदस्य राजन किराँती, सम्झना पाख्रिन तामाङ, गितादेवी रेग्मीको आथित्यता रहेको थियो ।

पर्यटन वन मन्त्री वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरेको अध्यक्षतामा भएको होमस्टे सम्मेलनमा प्रदेशभरका १४ जिल्लाका होमस्टे व्यवसायीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा १ सय ५ बढी होमस्टे व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले प्रदेशको पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिरहेको बताए । ग्रामीण पर्यटनको प्रवद्र्धनमा प्रदेश सरकारले होमस्टे व्यवसायलाई प्रवद्र्धनका लागि आगामि बजेटमा थप कार्यक्रम योजनाहरु ल्याउनका लागि पर्यटन गुरुयोजना निर्माणको काम हुँदै आएको मन्त्री उप्रेतीले बताए ।

उनले पर्यटनको माध्यमबाट प्रदेशको आर्थिक विकासका लागि सरकारले ठोस योजना बनाउने बताए । कार्यक्रममा कोशी प्रदेशका उप–सभामुख सृजना दनुवारले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टेरुको भुमिका महत्वपूर्ण रहेकाले सरकारले प्रवद्र्धनका लागि सहयोग गर्नुपर्ने बताइन् । होमस्टे महासंघको सम्मेलनमा बोल्दै कोशी प्रदेशका खानेपानी सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा मगरले उदयपुरका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पूर्वाधार निर्माणको काम प्रदेश सरकार लागि पर्ने बताए । उनले भने ग्रामीण पर्यटन प्रवद्र्धनमा होमस्टेहरुलाई अझ व्यवस्थित बनाउन लागि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको उद्घाटन सत्रको समापन गर्दै पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरले सगरमाथादेखि होचो भु–भाग केचनासम्म पर्यटनको संभावना भएकाले त्यसलाई प्राथमिकताका आधारमा पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न मन्त्रालय लागि परेको बताए ।
सम्मेलनमा होमस्टे संचालन, दर्ता प्रक्रियाका बारेमा पर्यटन कार्यालय काँकरभिट्टाका कर्मचारी निरोज कट्टेलले कार्यपत्र प्रस्तुत गरेका थिए । पर्यटन कार्यालय धरानका प्रमुख बिजय राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन पर्यटन वन तथा वातावरण मन्त्रालयकी सम्पूर्ण थापाले गरेकी थिइन् ।

सम्मेलनको उद्घाटन सत्र समापन पछि खुल्ला अन्तरक्रिया तथा छलफल भएको थियो । पर्यटन प्रवद्र्धन, होमस्टे संचालन, पर्यटनका योजना र कार्यान्वयनका बारेमा सहभागिले उठाएका बिषयमा पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती (शुसिल) मन्त्रालयका सचिव बिशाल घिमिरे, पर्यठन व्यवसायी पुण्य भट्टराई, होमस्टे महासंघ कोशी प्रदेश अध्यक्ष लिला भट्टराई लगायतले जवाफ दिएका थिए ।













