Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ मा उम्मेदवारी दिने रास्वपाको निर्णय, बझाङमा नदिने

इलाम–२ मा उम्मेदवारी दिने रास्वपाको निर्णय, बझाङमा नदिने

  • सन्देश सम्बाददाता
  • सोमबार, फाल्गुन २८ २०८०


इलाम–२ मा उम्मेदवारी दिने रास्वपाको निर्णय, बझाङमा नदिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम‍–२ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय गरेको बताए ।

उपनिर्वाचनमा कुनैपनि दलसंग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए । उहाले सरकारको कार्यसम्पादनको आवधिक समिक्षा गर्ने र पार्टीका बिविध मोर्चा सरकार, संसद र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको बताए ।

त्यस्तै रास्वपा नेता रमेश प्रसाईले उपनिर्वाचनमा घण्टीको बलमा चूनाव लड्ने र पार्टीले जित हासिल गर्ने दावी गरे ।  रास्वपाले इलाम–२ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै खटाइसकेको छ । एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम–२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार