Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सामाजिक कुरिति र कानुनी अवस्था बिषयक दुई दिवसिय तालिम सन्दकपुरमा सम्पन्न (तस्बिरहरु)

सामाजिक कुरिति र कानुनी अवस्था बिषयक दुई दिवसिय तालिम सन्दकपुरमा सम्पन्न (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • सोमबार, फाल्गुन २८ २०८०


सामाजिक कुरिति र कानुनी अवस्था बिषयक दुई दिवसिय तालिम सन्दकपुरमा सम्पन्न (तस्बिरहरु)

सन्दकपुर । सामाजिक कुरिति र कानुनी अवस्था बिषयक दुई दिवसिय तालिम सन्दकपुर १ मा सम्पन्न भएको छ । सुष्मा फागोको अध्यक्षतामा भएको कार्यक्रममा समापन कार्यक्रममा प्रमुख अतिथि निर्वाचित वडा सदस्य चेत बहादुर राई रहेका थिए ।


कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख दिपा सुब्बा, सहजकर्ता अधिवक्ता भिम बहादुर कार्की, टोल बिकास समिति अध्यक्ष सिदार्थ राई रहेका छन् । कार्यक्रममा ठाकुर फागो र सुमि राई लगायतले मन्तव्य राखेका थिए ।


तालिममा सामाजिक कुरिति, बाल बिबाह, बहुबिबाह, सम्बन्ध बिच्छेद, जबर्जस्ती करणी, नाता सम्बन्ध, लेनदेन, अंशबण्डा, अपुताली हक, घटनादर्ता, लगायतको बिषयमा अधिवक्ता भिम कार्कीले सहजीकरण गरेका थिए। तालिममा टोल बिकास संस्था महिला स्वयमसेवीका, बिद्यालय व्यवस्थापन समिति, लगायत १८ महिला सहित २९ जनाको सहभागीता रहेको थियो। तालिमको सहजिकरण सन्दकपुर गाउँपालिका महिला शाखा प्रमुख दिपा सुब्बा र अधिवक्ता भिम बहादुर कार्कीले गरेका थिए। तालिमको आयोजना सन्दकपुर गाउँ पालिका गाउँ कार्यपालिकाले गरेको हो ।


फागुन २७ गते उद्घाटन भएको कार्यक्रममा टोल बिकास संस्थाका अध्यक्ष सिदार्थ राईको अध्यक्षता र वडा अध्यक्ष रहर कुमार राईको प्रमुख अथिति रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार