Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा सातौ पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइदै

इलाममा सातौ पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइदै

  •  नमिन ढकाल
  • बिहिबार, फाल्गुन १० २०७४


इलाममा सातौ पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइदै

इलाम । विश्व स्वास्थ्य संगठनको प्रस्ताव अनुसार हात्तीपाइले रोगको निवारण भएको घोषणा गर्न रोगीको संख्या एक प्रतिशतभन्दा कम नभएपछि इलाममा सातौ पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामले फाल्गुन १२ देखी १४ गते सम्म जिल्लाका १ हजार ९ सय ४४ केन्द्रमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने तयारी गरेको हो ।

सरकारले सन् २०२० सम्म नेपालबाट हात्तीपाइले रोग एक प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखेको थियो । हात्तीपाइले रोग सर्ने प्रकृया रोक्नका लागि आमा औषधी कार्यक्रमद्वारा देशभरका जनसंख्यालाई ६ पटक औषधी ख्वाउने कार्यक्रम अन्तरगत इलाममा पनि सन २०१२ बाट कार्यक्रम संचालनमा गरिएको थियो तर औषधी खुवाइसकेपछि ६०६ जनामा गरिएको ट्रान्सपरेन्ट सर्भेमा गोदकमा १० जना र चुलाचुलीमा ५ जनामा संक्रमण भेटिएपछि इलाममा २ बर्षका लागी समय थप गरिएको हो ।

इलाम २ प्रतिशतभन्दा बढीमा रोगको संक्रमण देखिएपछि सातौ पटक औषधीखुवाउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल सुपरभाइजर बिमल बरालले बताए ।

यस बर्ष इलाममा २ बर्षमुनीका बालबालिका, ७० बर्षमाथीका जेष्ठ नागरिक र गर्भवती महिला बाहेक २ लाख ६६ हजार ८६८ जनालाई औषधी खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालय इलामले लक्ष्य राखेको छ । गत बर्ष इलाममा ८९ प्रतिशतले हात्तीपाइले विरुद्धको औषधी खाएका थिए ।

हात्तीपाइले रोगको जोखिम रहेका देशहरुबाट हात्तीपाइले रोग निवारण गर्ने विश्व स्वास्थ्य संगठनको प्रस्तावअनुसार नेपालले पनि सन १९९७ मे मा भएको ५० औ स्वास्थ्य सभामा सन् २०२० सम्म नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिवद्धता जनाएको छ । सोही प्रतिवद्धता अनुसार नेपालमा हात्तीपाइले रोगीहरुको यकिन तथ्यांक लिने क्रमममा नेपाल सरकारले सन् २००१ मा हात्तीपाइले रोगीहरुको सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा नेपालमा हात्तीपाइले रोगीहरुको संख्या १३ प्रतिशत रहेको पाइएपछि सरकारले सन २००३ बाट सुरु गरी सन् २०२० सम्म नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने रणनीति बनाएको हो । यो रणनीति अन्तरगत इलाममा सन २०१२ बाट औषधी खुवाउन सुरु गरिएको थियो ।

सर्वेक्षणका क्रममा नेपालका करिब ६१ जिल्लाहरुमध्यमा हात्तीपाइले रोगीहरुको संख्या करिब १३ प्रतिशत रहेको पाइएको थियो । हात्तीपाइले रोगको संक्रमण भएका व्यक्तिहरुमा खुट्टा सुन्निने समस्याका साथै हाइड्रोसिल र अपाङ्गतासमेत देखापर्ने विज्ञहरु बताउँछन् । हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान अहिले देशैभरि सञ्चालित छ ।

कति छन् हात्तीपाइलेको जोखिममा ?
सन् २०२० सम्म नेपालबाट हात्तीपाइले रोग १३ प्रतिशतबाट एक प्रतिशत भन्दा कममा पुयाउने उद्देश्य अनुरुप सरकारले देशभरका ३७ जिल्लाबाट हात्तीपाइले रोगका विरामीको संख्या एक प्रतिशत भन्दा कममा झारिसकेको छ । बाँकी २४ जिल्लामा पनि क्रमश झार्दै लैजाने लक्ष्य लिएको छ ।

हात्तीपाइले रोग सर्ने प्रकृया रोक्नका लागि आमा औषधी कार्यक्रमद्वारा देशभरका जनसंख्यालाई ६ पटक औषधी ख्वाउने कार्यक्रम अन्तरगत हाल सरकारले प्रत्येक वर्ष हात्तीपाइले रोग विरुद्धको औषधी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

‘शरीरमा हात्तीपाइले रोग सार्ने जुकाको संक्रमण भएको १० वर्ष पछिमात्र देखिने यो रोग लागेपछि यसको कुनै उपचार सम्भव छैन’, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जिवनकुमार मल्ल भन्छन, ‘त्यसैले हात्तीपाइले रोग भएका विरामीलाई हामी रोगका लक्षण देखिनासाथै विशेष ध्यान दिन सल्लाह दिन्छौं ।’

अन्तरक्रियामै खाए पत्रकारले औषधी
हात्तीपाइलेको औषधी खुवाउने कार्यक्रमअन्तर्गत बुधबार सम्पन्न पत्रकार अन्तरक्रियामा उपस्थित सबै पत्रकारहरूले औषधी खाएका छन् । ‘साइडइफेक्ट’ हुने अफवाहका कारण सर्बसाधारणले अभियानमा औषधी नखानसक्ने सम्भावनालाई कम गर्न पत्रकारहरूले नै पहिले औषधी खाएर सकारात्मक सन्देश दिन खोजिएको कार्यक्रममा बताइएको छ ।

कार्यक्रममा उपस्थित २२ जना पत्रकारलाई आयोजक जिल्ला जनस्वास्थ्य कार्यालयका तर्पmबाट अभियानलाई सफल बनाउन पत्रकारले पनि औषधी खाए भन्ने सन्देश पु¥याइदिन अभियानको शुरु दिन वा अन्य कुनै अवसरमा औषधी सेवन गरिदिन आग्रह भएको थियो । सो आग्रहलाई स्वीकार गर्दै पत्रकारहरूले त्यही कार्यक्रममा औषधी सेवन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार