Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

फेन्सोङ गुम्बामा आफ्नै अमिनीले छुट्टयाएको सीमानामा गाडेको पिल्लर सुर्योदय नगरपालिकाले भत्कायो (तस्बिरहरु)

फेन्सोङ गुम्बामा आफ्नै अमिनीले छुट्टयाएको सीमानामा गाडेको पिल्लर सुर्योदय नगरपालिकाले भत्कायो (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • मंगलबार, फाल्गुन २२ २०८०


फेन्सोङ गुम्बामा आफ्नै अमिनीले छुट्टयाएको सीमानामा गाडेको पिल्लर सुर्योदय नगरपालिकाले भत्कायो (तस्बिरहरु)

सुर्योदय । लोपउन्मुख लेप्चा जातिको इतिहास बोकेको इलामको सूर्योदय नगरपालिका १० को फेन्सोङ गुम्बा क्षेत्रमा सूर्योदय नगरपालिकाले छुट्टयाएको सिमाना नगर प्रहरी लगाएर भत्काएको छ ।

भुकम्पका कारण खण्डहर बनेको गुम्बा क्षेत्रमा पर्याप्त समन्वय बिना सडक खनेपछि लेप्चा समुदायले नगरपालिकालाई गुम्बाको जग्गा यकिन गर्न माग गरेका थिए । माग बमोजिम नगरपालिले कार्यालयको २ जना अमिनीले सीमाना छुट्टयाइएका थिए । एक साता अघि नगरपालिकाको अमिनीले सीमा छुट्टयाएपछि लेप्चा समुदायले सीमानाको पिल्लर नगर प्रहरी लगाएर भत्काइएको हो ।


डोजर सहित पुगेका नगर प्रहरीले सीमा पिल्लर भत्काएको लेप्चा समुदायका फुर्वा छिरिङ लेप्चाले बताए । लोपोन्मुख लेप्चा जातिको इतिहास बोकेको ऐतिहासिक फेन्सोङ गुम्बा क्षेत्रको वनजंगल मासेर पूर्वाधार निर्माण गरिएको छ । सास्कृतिक तथा धार्मिक महत्व रहेको दूई सय वर्ष पुरानो पेन्सोङ गुम्बा क्षेत्रमा सूर्योदय नगरपालिकाले पर्यटन पार्क र सडक निर्माण गर्दा संकटमा परेको लेप्चा समुदायका पुनम लेप्चाले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार