इलाम । इलाममा आदिवासी लिम्बू सास्कृतिक महोत्सव आयोजना हुने भएको छ । किराँत याक्थुङ चुम्लुङ केन्द्रिय समितिको आयोजना र जिल्ला समिति इलामको व्यवस्थापनमा आदिवासी याक्थुङ÷लिम्बु सास्कृतिक महोत्सव हुन लागेको हो ।

फाुगनु २४ र २५ गते हुने महोत्सवमा कोशी प्रदेशका ९ जिल्ला, काठमाडौँ उपत्यका भित्रका तीन जिल्ला र चितवन जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता हुनेछ । महोत्सवको उद्घाटनको दिन फागुन २४ गते सास्कृतिक झाँकीहरुको प्रर्दशन गर्ने, लिम्बु समुदायको खानाका परिकारहरु उपस्थितलाई खुवाउने योजना रहेको किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले बताइन् ।

त्यसैगरी दोस्रो दिन विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरि छलफल गर्ने योजना रहेको किराँत याक्थुङ चुम्लुङ केन्द्रिय महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् । नेपाल पत्रकार महासंघ इलामको सभाहलमा भएको पत्रकार सम्मेलनमा चुम्लुङका केन्द्रिय उपाध्यक्ष कमल तिगेलाको उपस्थिति रहेको छ । सास्कृतिक महोत्सवमा २ सय वटा च्याब्रुङबाट सास्कृतिक झाँकीहरु प्रस्तु गरिने योजना रहेको र महोत्सवमा १ हजार जनाको उपस्थिति हुने किराँत याक्थुङ चुम्लुङ इलाम सचिव राम योङहाङले बताए ।




