सहरमा भेला हुने फोहोरको व्यवस्थापन नहुँदा समस्या भइरहेका बेला इलामको पश्चििमि गाउँ सिद्धिथुम्काबासीले फोहोर व्यवस्थापन गरि गाउँलाई चिटिक्कै बनाएका छन् । गाउँका आमा समूहबाट शुरु भएको सफा गाउँ बनाउने अभियानमा गाविसबासी एक भएपछि घर गाउँ चिटिक्कै छ भने धुले सडकमा पनि फोहोरको टुक्रा देखिदैन । दुई वर्ष अघि सिद्धिथुम्कामा हिड्ने पैदलयात्री सडकमा थुप्रिएको फोहोरमा अल्झेर लड्थे । जथाबाभि फ्याकिएको फोहोरमाथि पाइला चाल्दै नाक थुनेर हिड्नुपथ्र्यो । तर, अहिले देशकै तेस्रो सफा सहर इलाम नगरपालिकालाई उछिन्दै सिद्धिथुम्का गाउँ चिटिक्कै भएको छ ।
धुले सडकले सदरमुकामसँगजोडिएको सिद्धिथुम्कालाई सफा गाउँ बनाउन शुरुमा आमा समूह कस्सिएका थिए । आमासमूह सँगै विद्यार्थी, युवा, बुढापाका र संघसंस्था एक भएपछि अहिले सिद्धिथुम्का हरेक घरमा वातावरणमैत्री डसबिन छ भने धुले सडकमा एक टुक्रा पनि फोहोर छैन । सिद्धिथुम्कालाई पूर्ण सरसफाई बनाउन आकर्षक डसबिन घरसँगै सडक र टोलमा राख्ने काम पूर्व गाविस अध्यक्ष उत्तिमबहादूर एक्तेनले गरेका थिए ।
दूई दिनसम्म अध्ययन गरि बाँसका डसबिन बनाएर सफा गाउँ अभियानमा हातेमालो गरेका पूर्व गाविस अध्यक्ष उत्तिमबहादूर एक्तेनलाई थुन्से अध्यक्ष भनी धेरैले खिल्लि समेत उडाएका थिए । घर, टोल,गाउँ सफा बनाएपछि सिद्धिथुम्कामा झाडापखाला रुघाखोकी जस्ता सरुवा रोगहरु नियन्त्रणमा आएका छन् भने गाउँका धुले सडक नै भएपनि चिटिक्क छन् ।
खुल्ला दिशामुक्त, पूर्ण खोपयुक्त, पूर्ण साक्षर र धुवाँमुक्त भएको सिद्धिथुम्कालाई पूर्ण सरसफाईसँगै हरियाली बनाउने गाविसको योजना रहेको गाविसका अध्यक्षको समेत जिम्मेवारी सम्हालेका गाविस सचिव युवराज घोरसाईले बताए । पूर्ण सरसफाई क्षेत्र घोणषा गरि गाविसलाई वातावरणमैत्री सफा गाउँ बनाउने योजना रहेको गाविसले जनाएको छ । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन नभएर समस्या झेलीरहेका बेला पुरैगाउँ सफा बनाएका सिद्धिथुम्काबासीबाट फोहोर व्यवस्थापन विधि अरुले पनि सिक्ने की ? ।