Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आगामी चैत्र २४ बाट चौथो सन्दकपुर गोल्डकप प्रतियोगिता

आगामी चैत्र २४ बाट चौथो सन्दकपुर गोल्डकप प्रतियोगिता

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन १८ २०८०


आगामी चैत्र २४ बाट चौथो सन्दकपुर गोल्डकप प्रतियोगिता

इलाम : इलामको सन्दकपुर गाउँपालिका–३ देउरालीमा आगामी चैत्र २४ गतेबाट चौथो संस्करणको सन्दकपुर गोल्डकप आयोजना हुने भएको छ । देउराली स्र्पोटिङ क्लबको आयोजनामा सातखाल्डे खेलमैदानमा संचालन हुने प्रतियोगितामा कोशी प्रदेशका ८ टिमको सहभागिता रहनेछ ।

आयोजकले प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । १५ लाख ५० हजार रुपैया लागत अनुमान गरिएको प्रतियोगितामा इलाम, पाँचथर, ताप्लेजङ, झापा र मोरङको टिम सहभागी हुनेछन् । प्रतियोगिताको बिजेताले नगद २ लाख २ हजार २ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैया प्राप्त गर्नेछन् ।

सन्दकपुरको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यका साथ विगतका बर्षहरुबाटै प्रतियोगिता आयोजना गरिएको अध्यक्ष आइन्द्र राईले जानकारी दिए । प्रतियोगिताको लागि सन्दकपुर गाउँपालिकाबाट ४ लाख रुपैया र बाँकी सहयोगीहरुबाट संकलन गरेर प्रतियोगिता संचालन हुने उनले बताए ।

स्थानीय स्तरका खेलाडीहरु उत्पादनका साथै खेलकुद पर्यटनको रुपमा सन्दकपुरलाई विकास गर्नका लागि प्रतियोगिता संचालन हुँदै आएको राईले बताए । खेलको माध्यमबाट पर्यटकहरु भित्र्याएर स्थानीयहरुको आर्थिक उपार्जनमा समेत योगदान पुग्ने विश्वास राखिएको छ ।

फुटबल प्रतियोगितासंगै स्थानीय विभिन्न जातजातिका झाँकीहरु समेत प्रस्तुत हुनेछ । प्रतियोगितामा जिल्ला फुटबल संघको तर्फबाट प्राविधिक सहयोग हुने कोशी प्रदेश फुटबल संघका उपमहासचिव पुर्ण फत्रले बताए । उनले संघले आर्थिक सहयोग नदिएर प्राविधिक सामाग्री र रेफ्रीहरु व्यवस्थापनमा सहयोग गर्दै आएको उनले बताए ।

प्रतियोगितामा टाढाबाट आएका टिमलाई यातायात र खान बस्नको व्यवस्था आयोजकले मिलाएको छ । स्थानीय क्षेत्रमा रहेका होटल र होमस्टेमा सहुलियत दरमा खेलाडीहरुलाई बस्ने व्यवस्था मिलाइएको क्लबका उपाध्यक्ष सुरेश थापाले बताए । उनले खेलाडीहरुलाई म्याच फि को व्यवस्था नरहेको बताए ।

क्लबल बर्सेनी पुरस्कार रकममा समेत बृद्धि गर्दै आएको छ । पहिलो संस्करणको बिजेताले १ लाख रुपैया प्राप्त गरेको थियो । दोश्रो संस्करणमा १ लाख १० हजार र तेश्रो संस्करणमा १ लाख ५१ हजार रुपैया दिइएको थियो । यस बर्ष राशीमा बृद्धि गरिएको अध्यक्ष राईले बताए ।

उनले प्रतियोगिता आयोजनाका लागि आर्थि क सहयोग प्रदान गर्न खेलकुदकर्मीहरुसंग आहवान समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार