Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल : उपाधिको लागि सूर्योदय र इलाम भिड्ने

प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल : उपाधिको लागि सूर्योदय र इलाम भिड्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १७ २०८०


प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल : उपाधिको लागि सूर्योदय र इलाम भिड्ने

इलाम । इलाममा जारी प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलको उपाधिको लागि इलाम नगरपािलका र सूर्योदय नगरपािलका भिड्ने भएका छन् । दोश्रो सेमीफाइनल खेलका इलामले सन्दकपुर गाउँपालिकालाई २–० गोल अन्तरले हराएपछि सूर्योदयसंग उपाधि भेट पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव बन्यो । दोश्रो हाफको १९ औ मिनेटमा जेनिफर राना मगरले इलामलाई अग्रता दिलाइन् । २५ औ मिनेटमा पुर्णिमा राईले अग्रता दोब्बर बनाएपछि इलामले फाइनलमा स्थान बनाएको हो ।

खेलको वुमन अफ दि म्याच इलामकी डिफेन्डर झुमा पोर्र्तेल घोषित हुँदै नगद ३ हजार प्राप्त गरिन् । माईभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको फागुन १९ गते फाइनल हुनेछ । फाइनलमा सूर्योदय नगरपालिका र इलाम नगरपालिका भिड्नेछन् ।

सूर्योदयले माईजोगमाई गाउँपालिकालाई हराएको थियो । प्रतियोगितामा इलामको १० वटा स्थानीय तहका महिला टिमको सहभागिता रहेको थियो । बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार