Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको शिर सन्दकपुरमा पुग्यो नेपाल टेलिकमको फोर जी सेवा  

इलामको शिर सन्दकपुरमा पुग्यो नेपाल टेलिकमको फोर जी सेवा  

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन १७ २०८०


इलामको शिर सन्दकपुरमा पुग्यो नेपाल टेलिकमको फोर जी सेवा  
इलाम (सन्दकपुर) । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुर डाँडामा नेपाल टेलिकमको फोरजी सेवा जडान भएको छ । सन्दकपुर गाउँपालिको पहलमा नेपाल टेलिकमले फोर जी सेवा जडान भएको  हो ।
दैनिक सयौँ पर्यटक पुग्ने सन्दकपुरमा संचार सेवा नहुँदा समस्या भोग्दै आएको पर्यटकहरु टेलिकमको फोर जी सेवा पुगेपछि लाभान्वित हुने गरेका छन् । सन्दकपुरको डाँडामा फोर जी सेवा जडानले इलामका उत्तरी पर्यटकीय क्षेत्रका अन्य पर्यटकीयस्थलहरुमा संचार सुविधा पुगेको पर्यटन व्यवसायी रिञ्जि सेर्पाले बताए ।
संचार सुविधा नहुँदा समस्यामा परेका पर्यटकहरुको उद्धार कठिनाई हुँदै आएपनि अहिले त्यो समस्या हटेको छ । पर्यटकीय क्षेत्रमा फोर जी सेवा जडान भएपछि पर्यटकहरुसँगै स्थानीयबासीलाई सुविधा पुगेको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताए ।  ३६ सय ३६ मिटर उचाईको सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो स्थान हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार