Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

मेलमिलाप सम्बन्धी ८ दिने तालिम माईजोगमाई गाउँपालिकामा (तस्बिरहरु)

मेलमिलाप सम्बन्धी ८ दिने तालिम माईजोगमाई गाउँपालिकामा (तस्बिरहरु)

  • रोशन काफ्ले
  • बुधबार, फाल्गुन १६ २०८०


मेलमिलाप सम्बन्धी ८ दिने तालिम माईजोगमाई गाउँपालिकामा (तस्बिरहरु)

नयाँबजार । माईजोगमाई गाउँपालिकामा न्यायिक समिति अन्तरगत मेलमिलाप सम्बन्धी ८ दिने तालिम माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिका न्यायिक समितिका संयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता साथै माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतको आथित्यता रहेको थियो । तालिममा वडा नं ४ का वडाध्यक्ष डुरन देवान, वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राई, वडा नं ६ का वडाध्यक्ष दिपेश सोङ्मी कार्यपालिका सदस्य राम कुमारी परियारका साथै पालिकाभरीका मेलमिलाप कर्ताहरुको उपस्थिति रहेको थियो ।
माईजोगमाई गाउँपालिकाले तालिम संचालनको लागि अवसर प्रदान गरेकोमा मानव अधिकार मञ्च ईलामकी गायत्री थेगीमले आभार प्रकट गरेकी थिइन् । सुरुको दिनमा तालिम लामो जस्तो भएपनि तालिम सफलता पूर्वक सम्पन्न भएको र गाउँपालिका टिमले हरेक क्षेत्रबाट तालिम सम्पन्न गर्न सहयोग गरेकोमा सहजकर्ताले पालिका प्रति धन्यवाद ज्ञापन गरेका थिए ।
मेलमिलाप कर्ताहरु भए पछि वडाका जनप्रतिनिधिहरुलाई मेलमिलाप गराउन सहज भएको र वडामा रहने साना साना बिवादहरुलाई सहजै मिलाउनको लागि मेलमिलाप कर्ताहरुको ठूलो भूमिका रहने तालिममा सहभागिको भनाइ थियो । बदलिएको राजनैतिक ब्यवस्था बमोजिम स्थानिय तह तल्लो लेवलको सरकार रहेको र सरकारका अंगहरु ब्यवस्थापिका कार्यपालिका र न्यायपालिका मध्येको एक अंगको रुपमा रहेको न्यायिक समितिले गाउँपालिकामा न्यायिक निरुपणको काम गर्ने गरेको र यो तालिम लिएपछि मेलमिलाप कर्ताहरुले साना साना बिवादहरु वडामा नै मिलाउन सक्ने कुरा कार्यक्रममा बोल्दै माईजोगमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए ।
८ दिन सम्म प्राप्त तालिमलाई समाजमा लगेर जाने र मेलमिलापमा सहयोग पुग्ने सहभागिको भनाइ थियो। बिभिन्न किसिमका बिवादहरुलाई सहज र निपक्ष रुपमा मिलाउनको लागि तालिमले सघाउ पुग्ने माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले बबताए ।
कार्यक्रममा न्यायिक समिति सयोजक तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले मेलमिलाप कर्ताहरुका लागी समय सापेक्ष तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु गरिरहुनपर्ने भन्दै वडा वडाबाटै विवादको निरुपण गर्न मेलमिलाप कर्ताहरुले भुमिका खेल्दै आउनुभएको बताए । तालिममा सक्रिय रुपमा सहभागि हुनुभएकोमा सहभागीहरुलाई र सहजकर्ताहरुलाई आयोजकको तर्फबापट संयोजक प्रविना राईले धन्यवाद ब्यक्त गरिन् । तालिम समापनको अवसरमा सहजकर्ताहरुलाई मेलमिलापकर्ताहरुले सम्मान पत्र समेत प्रदान गरेका दिए भने गाउँपालिकाको तर्फबाट पनि मेलमिलाप कर्ताहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।
तालिमको सहजिकरण मावन अधिकार मञ्च ईलामका मन कुमार बराईली र गायत्री थेगीमले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको संचलन माईजोगमाई गाउँपालिका उजुरी प्रशासक श्याम सेम्बोले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार