मंगलबारे । सहारा नेपाल साकोस मंगलबारे-इलाम सेवाकेन्द्र अन्तर्गतकी सेयर सदस्य मनिता राईको श्रीमान अम्बिका लिम्बुको मृत्युमा संस्थाले एक कार्यक्रमका बीच नगद २ लाख बराबरको सहयाेग हस्तान्तरण गरेको छ ।
केही समय अगाडी अम्बिका लिम्बूको क्यान्सर रोगको कारणले मृत्यु भएको थियोे । संस्थामा सदस्यले कर्जा स्वरुप रु २ लाख ऋण लिएका थिए । संस्थाको कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत सदस्य वा सदस्यको श्रीमान जसको मृत्यु भए पनि जति कर्जा लिएको छ सो सम्पुर्ण मिनाहा हुने र तिरेको रकम फिर्ता हुने गरेको कार्यालय प्रमुख दुर्गामणि पाैडेल (विशाल) ले जानकारी दिए ।
एक कार्यक्रम गरि संस्थाका सेवा केन्द्र सहयोग समितिकि सदस्य रोस्ना खत्री, कार्यालय प्रमुख श्री दुर्गा मणि पौडेल(बिशाल) कर्मचारीहरु सन्तोष दर्जी , मिलन दाहाल लगायतको उपस्थितिमा सेवाकेन्द्र संयोजक बिक्रम श्रेष्ठले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
त्यसैगरी सदस्य कल्पना थापाकाे परिवारलाई ६० हजार रूपैया समेत प्रदान गरिएकाे छ । थापाकी सासुआमा देउमाइ -५ सिङलपा, निवासी कौशिला खत्रीको निधनमा शाेकसभा गर्दै सहयाेग रकम हस्तान्तरण गरेकाे हाे । संस्थाले आफ्नो जीवन बरदान कार्यक्रमका सेयर सदस्य एवम एकाघरका सदस्यको निधन हुँदा सरहे बापत रु.३० हजार र काजकिरिया बापत रु.३० हजार गरि ६० हजार प्रदान गर्दै आइरहेको छ।
कार्यक्रममा सेवा केन्द्रका समूह न ९० का सेयर सदस्यहरु ,सहयोग समिती कर्मचारीहरु साथै उधोग वणिज्य साखा मंगलबारे का पधादिकारिहरु र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियाे ।
