Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

तोडिएला चेल्सीविरुद्ध मेस्सीको गोल खडेरी ?

तोडिएला चेल्सीविरुद्ध मेस्सीको गोल खडेरी ?

  • लोकल सन्देश
  • मंगलबार, फाल्गुन ८ २०७४


तोडिएला चेल्सीविरुद्ध मेस्सीको गोल खडेरी ?
  • बीबीसीको सहयोगमा

बार्सिलोनाले आफ्नो ईंग्लिस विपक्षीसँग अन्तिम पटक भिडेको १६ महिना पुग्न लाग्यो । म्यानचेष्टर सिटीसँग ३(१ ले हार खाएयता स्पेनिस महाशक्तिभित्र धेरै परिवर्तन आइसकेको छ । त्यो पराजयले बार्सिलोनालाई आफ्नो शक्ति र कमजोरीको वास्तविक आत्मसमिक्षा गर्ने गतिलो अवसर जुटाएको थियो । उनीहरुले आक्रामक फुटबलको नमूना देखाउँदै अग्रता लिन त सफल भए तर, रक्षापंति खुकुलो हुँदा दोस्रो हाफमा म्यानचेष्टर सिटी उनीहरुमाथि हावी भयो ।

त्यही कमी(कमजोरीका कारण तत्कालिन प्रशिक्षक लुइस इनरिके को अन्तिम सिजन निराशाजनक रह्यो, जहाँ उनको टिमले स्पेनिस उपाधि रियल मड्रिडलाई सुम्पियो भने च्याम्पियन्स लीगको क्वार्टरफाइनलबाटै बाहिरियो । तर, त्यो सबै अब एकादेशको कथा भइसकेको छ । एर्नेस्टो भाल्भर्डेको मातहतमा नयाँ र सुधारिएको बार्सिलोना अहिले उत्कृष्ट फर्ममा छ ।

पेप गुआर्डिओलाको कालमा जस्तै फुटबल त उनीहरुले देखाइरहेका छैनन्, तर आज चेल्सीविरुद्ध च्याम्पियन्स लिग म्याच खेल्दै गर्दा उनीहरु विपक्षीभन्दा बलिया देखिएका छन् । बलिया मात्र होइन, अति बलिया ।

चेल्सीविरुद्ध मेस्सी

विगतमा लन्डनको क्लब चेल्सीविरुद्ध बार्सिलोनाका स्टार लिओनल मेस्सीको प्रदर्शन दयनीय रहृयो । छ । अहिलेसम्म उनले चेल्सीविरुद्ध ८ खेल खेलेका छन् तर, एउटा पनि गोल गर्न सकेका छैनन् । उनले कुनै पनि क्लवविरुद्ध गोलरहित रुपमा खेलेको यो सर्वाधिक म्याच हो ।

दुई टिमबीचको अन्तिम भेट नोउ क्याम्पमा २०१२ सेमिफाइनलको दोस्रो लेग थियो, जहाँ मेस्सीले अत्यन्त महत्वपूर्ण पेनाल्टी मिस गरेका थिए । चेल्सीका गोलकिपर थिबाउट कोर्टोइसविरुद्ध पनि उनको रेकर्ड राम्रो छैन ।

तर, अहिले पुराना कुरा गरेर अर्थ छैन । मेस्सीजस्तो खेलाडीले कुनै पनि समयमा नयाँ इतिहास रच्न सक्छन्, जसले यो सिजनका सबै प्रतियोगिताहरुमा २७ गोल हानिसकेका छन् । उनको २० गोलले टिमलाई स्पेनिस ला लिगामा सात अंकको अग्रता दिलाउन सफल भएको छ । तर, मेस्सी ला लिगाका उच्च गोलकर्ता मात्रै होइनन्, गोलका लागि असिस्ट गर्नमा पनि अगाडि छन् ।

उनले ११ गोलका लागि असिस्ट गरेका छन्, जसमध्ये अधिकांश लुइस सुआरेजका लागि छन् । मेस्सीलाई रोक्न सक्ने सम्भावित एक मात्र विपक्षी भनेको ‘पोल’ हो । उनले हानेको १५ वटा प्रहार पोस्ट वा क्रसबारमा लागेर फर्किएको छ ।

अल्बालाई रोक्ने चुनौती

नेइमारले पेरिस सेन्ट जर्मेनतर्फ पाइला चालेपछि बाल्भर्डेले बार्सिलोनालाई ४(४(३ को संरचनामा उतादै आएका छन् । यसले मेस्सीलाई उनको करिअरमा पहिलोपटक एउटा परम्परागत नम्बर १० का रुपमा सेन्टर फरवार्ड लुइस स्वरेज पछाडि खेल्न मौका मिलेको छ ।

त्यसो त नेइमारको बहिर्गमन र परिवर्तित टिम संरचनाको सबैभन्दा बढि फाइदा लेफ्ट ब्याक जोर्डी अल्बालाई पुगेको छ, जसको र्फम अघिल्लो सिजनमा निकै खस्केको थियो र स्टार्टिङ ११ बाट आफ्नो स्थान प्राय गुमाउन पुगेका थिए ।

नेइमारको अनुपस्थितिले लेफ्ट विङमा ठाउँ खाली भएको छ, जसमा अल्बा मज्जाले फिट हुन सक्छन् । विशेषगरी मेस्सीसँग उनको निकै राम्रो तालमेल पाइन्छ । गत महिना सेल्टा भिगोलाई ५(० ले मात खुवाउँदा मेस्सी र एल्बाबीच निकै तालमेल मिलेको थियो । पहिलो दुई गोल अल्वाको पासमा मेस्सीले हानेका थिए भने तेस्रो गोल मेस्सीको पासमा अल्बाले गरेका थिए ।

अल्बाले यो सिजनमा अहिलेसम्म आठ गोलका लागि असिस्ट गरिसकेका छन्, जसमध्ये सातवटा मेस्सीका लागि हुन् । कुदेर कहिल्यै नथाक्ने अल्बाले विंगर र फुल ब्याकको भूमिका एकैचोटि निभाउन सक्छन् । उनलाई रोक्नु चेल्सीका लागि चुनौतिपूर्ण हुनेछ ।

पर्खालजस्ता उम्टीटी

यसै महिना भ्यालेन्सियामाथि बार्सिलोनाले विजय हासिल गर्दा नोउ क्याम्पमा एक खेलाडीको नाम गुञ्जायमान भयो । तर, उनी न मेस्सी थिए न स्वेरेज । उनी थिए, डिफेन्डर सामुयल उम्टिटी, जसले जेरार्ड पिकेसँगै अर्को एउटा उत्कृष्ट खेल देखाएका थिए । भ्यालेन्सियाको फरवार्डलाई उनले कुनै मौका दिएनन् ।

फ्रान्सका सेन्टर ब्याक उम्टिटी अघिल्लो कप्तान कार्लेस पुयोलको दिर्घकालीन र भरपर्दो प्रतिस्थापन बन्न सफल भएका छन् । गत महिना मास्केरानोको चीनमा बहिर्गमनको एउटा प्रमुख कारण उनको उदय पनि हो ।

बार्सिलोनामा चम्केका अर्का खेलाडी हुन् गोलकिपर मार्क एन्ड्रे टेर स्टेगन । उनको क्षमता र आत्मविश्वासले म्यानुअल नेउरलाई फिका तुल्याइदिएको छ । उम्टिटी र टेर स्टेगनको भरलाग्दो प्रदर्शन, पिकेको विलक्षणता र अझै बलियो समग्र संरचनाले बार्सिलोनालाई माथि उकालिरहेको छ ।

२४ लिग खेलहरुमा उनीहरुले ११ गोल मात्रै खाएका छन् । पछिल्ला १० खेलमध्ये सातवटामा उनीहरुले एउटा पनि गोल खाएका छैनन् । ६ वटा च्याम्पियन्स लिग ग्रुप गेममा उनीहरुले एक गोल मात्र खाएका थिए ।

समग्रमा भन्दा प्रशिक्षक भाल्भेर्डेले आफ्नो टिमको डिफेन्स लाइनलाई अभेद्य पर्खाल बनाउन सफल भएका छन् ।

भाल्भेर्डेको किर्तिमानी गति

बार्सिलोना आज जुन स्थानमा छ, त्यसको सबैभन्दा ठूलो जस जान्छ प्रशिक्षक भाल्भर्डेलाई । जो गत समरमा एथ्लेटिक बिल्बाओबाट भित्र्याइएका थिए । बर्सिलोनाका पूर्व फरवार्ड एउटा शान्त र नरम मिजासका व्यक्ति हुन् । सुरुमा उनको नियुक्तिलाई लिएर विभिन्न सन्देह प्रकट गरिएका भए पनि उनी अहिले बार्साका फ्यानहरुका लागि अति सम्मानित पात्र बन्न पुगेका छन् ।

भाल्भेर्डेको सबैभन्दा ठूलो सफलता भनेको आक्रमण र प्रतिरक्षामा सन्तुलन कायम गर्नु हो । गत सिजनमा टिमले कहिले काहीँ आठ जनालाई डिफेन्समा र एमएसएनलाई आक्रमणमा उताथ्र्यो । अहिलेको सन्तुलन त्योभन्दा राम्रो छ ।

भाल्भेर्डेको खेल व्यवस्थापन र बैकल्पिक खेलाडीको उपयोग शैली पनि विशिष्ट छ । फलस्वरुप खेलको दोस्रो हाफमा टिमले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सिजनको ओपनिङ यताका म्याचहरुमा बार्सिलोनाले मध्यान्तरपछि ६१ गोल गरेको छ भने सात गोल मात्र खाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार