Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ को अवस्था बुझ्न रास्वपाले बुर्लाकोटीलाई खटायो

इलाम–२ को अवस्था बुझ्न रास्वपाले बुर्लाकोटीलाई खटायो

  • सन्देश सम्बाददाता
  • सोमबार, फाल्गुन १४ २०८०


इलाम–२ को अवस्था बुझ्न रास्वपाले बुर्लाकोटीलाई खटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखमा उपनिर्वाचन हुने इलाम–२ को अवस्था बुझ्न सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाएको छ । सोमबार बसेको सचिवालय बैठकले सहमहामन्त्री बुर्लाकोटीलाई उपनिर्वाचन केन्द्रित अवलोकन भ्रमणमा पठाउने निर्णय गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।
उपनिर्वाचनमा टिकट पाइने आशाले अर्को दल छोडेर आउनेलाई उम्मेदवारमा प्राथमिकता नदिने उनले बताए । सकेसम्म स्थानीय उम्मेदवार नै खोज्ने उनको भनाइ छ । बझाङको प्रदेश सभा क्षेत्र नं ९१० को उम्मेदवारबारे पनि रास्वपाको सचिवालय बैठकमा छलफल भएको छ । तर देशभरको प्रदेशसभामा एक जनाले मात्र जितेर पनि अर्थ नराख्ने हुनाले उम्मेदवार नदिने सुझाव आएको सहप्रवक्ता झाले बताए । उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार