Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

संकटमा इलामका सामुदायीक क्याम्पस

संकटमा इलामका सामुदायीक क्याम्पस

  • सन्देश सम्बाददाता
  • आइतबार, फाल्गुन १३ २०८०


संकटमा इलामका सामुदायीक क्याम्पस

देउमाई (मंगलबारे) उच्च शिक्षा सम्बन्धि सरकारको स्पष्ट निति नहुँदा इलाममा संचालित सामुदायीक क्याम्पसहरु संकटमा परेका छन् । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस संचालनका लागि कुन तहको सरकारले दायीत्व स्पष्ट नहुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले अध्ययन गर्ने क्याम्पस संकटमा परेका हुन् ।
देउमाई नगरपालिका १ निवासी सरिता राई मंगलबारे बहुमुखि क्याम्पसमा अध्ययन गर्छिन् । गाउँमै प्लस टु अध्ययन सकेकी सरिताको आफ्नै नगरपालिका भित्रको क्याम्पसको अध्ययनले पढाइ खर्च सुलभ भएको छ ।
गाउँमै क्याम्पस खुलेपछि इलाम सदरमुकाममा डेरा बसी उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता हटेको छ । देउमाई नगरपालिका ३ कि भुमिका मगर घरमै बसेर मंगलबारे क्याम्पस अध्ययन गर्छिन् ।
मंगलबारेमा क्याम्पस स्थापनाले उच्च शिक्षा अध्ययनका लागि इलाम सदरमुकाम र झापामा डेरा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । २०६३ सालमा गाउँमै उच्च शिक्षा अध्यापनका लागि इलामको पश्चिमि क्षेत्र मंगलबारेमा क्याम्पस स्थापना भएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मंगलबारे क्याम्पसमा अहिले २ सय ५७ विद्यार्थी अध्ययरत छन् । क्याम्पसमा स्नातक तहको बिए, बिबिएस, बिएड र बि एस डब्लु अध्ययन हुन्छ । त्रिभुवन विश्वविद्यालयबाट क्युएए प्राप्त क्याम्पसमा पश्चिम इलामको देउमाई नगरपालिका, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका भित्रका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
क्याम्पसमा भर्ना शुल्क ४ हजार र मासिक शुल्क १ हजार रहेको छ । विश्वविद्यालय अनुदान आयोगबाट भौतीक पूर्वाधार निर्माणमा क्याम्पसमा सहयोग हुँदै आएको छ । तर नेपालको संविधान २०७२ अनुसार उच्च शिक्षा कुुन तहको सरकारले हेर्ने स्पष्ट कानुन नहुँदा सामुदायीक क्याम्पस संचालनमा समस्या रहेको छ । तीन तहका सरकारमध्ये कुन तहले हर्ने स्पष्ट कानुन नहुँदा मंगलबारे जस्तै इलाममा संचालित सामुदायीक क्याम्पसहरु समस्या रहेका छन् । गाउँमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै आएका क्याम्पस संचालनका लागि सरकारले स्पष्ट निति बनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार