इलाम । इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पस इलाममा व्यवहारिक लेखन तालिमको आयोजना भएको छ । महेन्द्र रत्न बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा विद्यार्थीमा व्यवहारिक लेखन तालिमको आयोजना गरेको हो । बिहिबारबाट शुरु भएको तालिम तीन दिनसम्म आयोजना हुनेछ । तालिममा १ सय २३ जना विद्यार्थी सहभागि रहेका छन् । तालिममा अधिवक्ता तारानाथ पराजुली, अधिवक्ता जसबहादूर लुङ्गेलीले सहजिकरण गर्नेछन् ।
तालिममा अदालतमा प्रयोग हुने वारिसनामा, निवेदन, तमसुक, भरपाई लगायतका बिषयमा सहजकर्ताले सहजिकरण गर्ने स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दर्शन कुलुङ राईले बताए । तालिमको उद्घाटन सत्रमा कार्यक्रमको औचित्यमाथि स्ववियु अध्यक्ष दर्शन कुलुङ राई, स्वागत मन्तव्य सुसान्त चापागाईले गरेका थिए भने कार्यक्रम संचालन सचिव राजेन्द्र लोहारले गरेका थिए । यसैगरि स्ववियूले फागुन १५ गतेदेखि निःशुल्क लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने योजना बनाएको छ ।

