इलाम । प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगितामा रोङ गाउँपालिकाले जित निकालेको छ । उद्धघाटन खेलमा देउमाई नगरपालिकालाई ३–१ गोल अन्तरले हराउँदै रोङले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोश्रो हाफमा रोङले थप गोल गरेपछि अन्तिम ८ प्रवेश गरेको हो । रोङको जितमा ,सिजन खवास, प्रिया बस्नेत र अनिशा राईले गोल गरिन् । देउमाईको लागि आनन्दी राईले गोल फर्काइन् ।
खेलको वुमन अफ दि म्याच रोङकी कप्तान प्रिया बस्नेत घोषित हुँदै नगद ३ हजार प्राप्त गरिन् । जितसंगै रोङले सेमीफाइनल प्रवेशका लागि सूर्योदय नगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हुने दोश्रो प्रि–क्वाटरफाइनल खेलमा इलाम नगरपालिका र चुलाचुली गाउँपालिका भिड्नेछन् ।
माईभ्याली फुटबल क्लबको आयोजनामा आगामी फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्धघाटन माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले गरिन् ।