Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलामको ओएसिस फुटबल उपाधि मानेभञ्ज्याङको कब्जामा

इलामको ओएसिस फुटबल उपाधि मानेभञ्ज्याङको कब्जामा

  • सन्देश सम्बाददाता
  • सोमबार, फाल्गुन ७ २०८०


इलामको ओएसिस फुटबल उपाधि मानेभञ्ज्याङको कब्जामा

इलाम । भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीले इलामको ठूलो टुँडिखेलमा सम्पन्न ‘प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता’को उपाधि उचालेको छ । सोमबार  भएको फाइनल भिडन्तमा इलाम रोङको दीपेन्द्रशिखर एफसीलाई ३(० गोलान्तरले हराउँदै मानेभञ्ज्याङ च्याम्पियन बनेको हो । मानेभञ्ज्याङका लागि सिम्रन गुरुङले व्यक्तिगत २ र सुस्मिता लेप्चाले १ गोल गरे । दीपेन्द्रशिखरले जबाफी गोल फर्काउन सकेन ।

विजेता बनेसँगै मानेभञ्ज्याङले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता दीपेन्द्रशिखरले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका मेयर केदार थापाले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा मानेभञ्ज्याङका पाँच खेलाडीले उत्कृष्ट चार विधाका पुरस्कार प्राप्त गरे । बेस्ट गोलरक्षक ग्युमरी तामाङ, बेस्ट फरवर्ड सिम्रन गुरुङ, बेस्ट डिफेन्डर निमिता गुरुङ र बेस्ट प्लेयर सोनिका मरक घोषित भए । हाई स्कोररको पुरस्कार मानेभञ्ज्याङकी सिम्रन गुरुङ र बिर्तामोड युनाइटेडकी समीक्षा मगरले पाए । उनीहरूले सर्वाधिक तीन–तीन गोल गरेका थिए । बेस्ट मिडफिल्डर सप्तरीको नमोबुद्ध युथ क्लबकी प्रतीक्षा राई तथा राइजिङ प्लेयर आयोजक ओएसिस फुटबल क्लबकी आयशा राईले पाए । विधागतमा उत्कृष्ट खेलाडीले नगद पाँचरपाँच हजार रुपैयाँ प्राप्त गरे । गत फागुन ३ मा सुरु प्रतियोगितामा नेपालका छ र भारतका दुई टिम सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार