Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

प्रदेश पर्यटन मन्त्री गणेश उप्रेतीद्धारा पर्यटकीय क्षेत्र सन्दकपुरको अध्ययन, रेडपाण्डा पार्क संचालनमा प्रतिवद्धता 

प्रदेश पर्यटन मन्त्री गणेश उप्रेतीद्धारा पर्यटकीय क्षेत्र सन्दकपुरको अध्ययन, रेडपाण्डा पार्क संचालनमा प्रतिवद्धता 

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ७ २०८०


प्रदेश पर्यटन मन्त्री गणेश उप्रेतीद्धारा पर्यटकीय क्षेत्र सन्दकपुरको अध्ययन, रेडपाण्डा पार्क संचालनमा प्रतिवद्धता 
  1. इलाम (सन्दकपुर) कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले इलामको सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको स्थलगत अध्ययन गरेका छन् । प्रदेश प्रमुख पर्यटकीय गन्तव्यमा घोषित भएको सन्दपकुर, माईपोखरी, कालपोखरी, प्रस्तावित रेडपाण्डा संरक्षित क्षेत्र टप्पु लगायत पर्यटकीय क्षेत्रमा पुगेर मन्त्री उप्रेतीले अध्ययन गरेका हुन् ।
पर्यटकीय क्षेत्रमा प्रदेश सरकारबाट कार्यान्वयनमा आएको योजनाहरुको प्रगति, पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले गर्नुपर्ने कामका बारेमा जनप्रतिनिधि र पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेका छन् । सन्दकपुर गाउँपालिका २ मा अवस्थित प्रदेश प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरमा पर्यटन व्यवसायी, जनप्रतिनिधि, पर्यटनकर्मी र उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुसँग मन्त्री उप्रेतीले छलफल गरेका थिए । छलफलमा डिभिजन वन कार्यालय इलामका प्रमुख दान बहादूर श्रेष्ठ, सन्दकपुर २ का वडाअध्यक्ष सनम राई, केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमल्सिना, पर्यटन व्यवसायी रिञ्जि सेर्पा, नेकपा माओवादी केन्द्र इलाम अध्यक्ष बिजय राई, प्रदेश किमिटी सदस्य प्रविन तिमसिनाको आथित्यताका रहेको थियो ।
नेपाल, भारत, भुटान र चिनको तिब्बतका हिमश्रङ्खलाहरुको हेर्न सकिने सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारको लगानीले सहयोग पुगेको पर्यटन व्यवसायी रिञ्जि सेर्पाले बताए । तीन तहको सरकार गठनपछि प्रदेश सरकारबाट सन्दकपुरको पूर्वाधार क्षेत्रमा लगानी बढेको छ–पर्यटन व्यवसायी सेर्पाले भने–‘सडक, खानेपानी, आवास गृह, पदमार्ग निर्माणमा प्रदेशको लगानी उल्लेख्य भएकाले योजना पुरा नहुन्जेलसम्म क्रमागत बजेट विनियोजन हुनुपर्छ ।’ पूर्वाधार निर्माणपछि अहिले नेपालबाट पनि सन्दकपुर भ्रमण गर्ने पर्यटकहरुको संख्या बढ्दै गएकाले अझ प्रचारप्रसार भएमा पर्यटनका माध्यमबाट आर्थीक उपार्जन हुने पर्यटन व्यवसायी सेर्पाले बताए ।  छलफलमा सन्दकपुर २ वडाअध्यक्ष सनम राईले इलामको  शीर रहेको सन्दकपुर गाउँपालिकामा आन्तरिक, सार्क राष्ट्र र युरोपका पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएकाले प्रदेश सरकारबाट अझ लगानी बढाउनुपर्ने बताए ।
प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरडाँडा जोड्ने सडकको कालपोखरी सन्दकपुर सडक खण्डको ६ किलोमिटर क्षेत्र स्तरउन्नतीका लागि आगामि आर्थिक वर्षमा बजेट प्रदेश सरकारबाट विनियोजन गर्नुपर्नेमा वडाअध्यक्ष राईले जोड दिए । माई नदीको शिर रहेको सन्दकपुर डाँडा लगायत गाउँपालिका भित्र छिन्टापु, जौबारी, ढापपोखरी, माईपोखरी, टोड्के झरना लगायत दर्जन बढी पर्यटकीयस्थल सन्दकपुरमा रहेकाले प्रवद्र्धनसँगै व्यवस्थापनका काममा प्रदेश सरकारले ध्यान दिनुपर्ने केचना कंचनजंघा पर्यटन विकास समितिका बोर्ड सदस्य सुजन तिमल्सिनाले बताए ।
सन्दकपुर गाउँपालिकामा चारा, वन्यजन्तु, प्राकृतिक सुन्दरता, जडिबुटी र साहासिक पदयात्राका लागि पर्यटकहरुले आउने क्रम विश्वभरबाट भएकाले गाउँपालिका मात्रैले व्यवस्थापनको काम गर्न नसक्ने भएकाले प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताए । छलफलमा नेकपा माओवादी केन्द्र इलाम अध्यक्ष बिजय राईले इलामका उत्तरी क्षेत्रमा थुपै्र पर्यटकीस्थलहरु रहेकाले प्रचारप्रसार र पूर्वाधार निर्माणको काममा प्रदेश सरकारले लगानी बढाउनुपर्ने बताए । उनले भने– ‘पर्यटकीयस्थलहरु धेरै भएकाले प्राथमिकताका आधारमा क्रमागत रुपमा प्रदेश सरकारबाट बजेट विनियोजन हुनपर्छ ।’
छलफलमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य प्रविन तिमसिनाले पर्यटकीयस्थलमा प्रदेश सरकारले पूर्वाधारको क्षेत्रमा गरेको लगानी उपयोगी बन्द गरेको बताए । ५ वर्ष अघि गाडि ठेल्दै हिड्नुपर्ने क्षेत्रहरुमा अहिले सडक स्तरउन्नती भएकाले पर्यटकहरु आवतजवात गर्न पनि सहज भएको उनले बताए । छलफलमा सहभागि डिभिजन वन कार्यालयका प्रमुख दान बहादूर श्रेष्ठले पर्यटन पूर्वाधार र प्रवद्र्धनका काममा आइपर्ने समस्या समाधान गर्न सहजिकरण गर्ने बताए ।
मन्त्री उप्रेतीसँग सन्दकपुर ४ को पर्यटकीयस्थल कालपोखरी क्षेत्रका पर्यटन व्यवसायीहरुले पनि छलफल गरेका थिए । सीमा सुरक्षाका लागि खटिएको शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा भएको छलफलमा पर्यटन व्यवसायीहरुले कालपोखरी जोड्ने सडक स्तरउन्नती चाँडा गर्नुपर्नेमा जोड दिए । मन्त्री उप्रेती सहितको टोलीले सन्दकपुर गाउँपालिकामा भित्र व्यवसायीक रुपमा खेती हुँदै आएको किबि फल र लौठसल्लाको अध्ययन गरेका छन् । मन्त्री उप्रेतीले सप्तरङ्गि बहुउदेश्य कम्पनीले व्यवसायीक रुपमा गर्दै आएको किवि र लौठसल्ला बगानको अध्ययन अवलोकन गरेका हुन् ।
त्यसैगरी सन्दकपुर गाउँपालिकाको पर्यटकीयस्थल टप्पुमा निर्माण हुँदै आएको रेडपाण्डा संरक्षित क्षेत्रको मन्त्री उप्रेतीले अध्ययन गरेका छन् । रेडपाण्डा संरक्षित क्षेत्र संचालनका लागि निर्माण भएका पूर्वाधारको निरिक्षण मन्त्री उप्रेतीले गरेका    हुन् । रेडपाण्डा संरक्षण केन्द्र निर्माणस्थलमा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जा, २ का अध्यक्ष सनम राई, प्रमुख प्रशासकिय अधिकृत यादव राउत स्थानीय पर्यटन व्यवसायी र सरोकारवालाको उपस्थिति रहेको थियो । रेडपाण्डा संरक्षण केन्द्र संचालनका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा मन्त्री उप्रेतीसँग गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ बताए ।
गाउँपालिका मात्रै संचालन गर्न नसक्ने भएकाले काम गर्दा आइपरेका समस्या समाधान गर्नका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा अध्यक्ष गुरुङले जोड      दिए । मन्त्री उप्रेतीसँग स्थानीय समाजसेवी प्रेमना छिरिङ राई, श्याम राई पर्यटन व्यवसायी जिवन सिवा लगायतले रेडपाण्डा पर्यटन सन्दकपुर गाउँपालिकामा फस्टाएको र त्यसलाई अझ व्यवस्थित गर्न निर्माण हुँदै गएकार रेडपाण्डा संरक्षण केन्द्र संचालनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । रेडपाण्डा संरक्षण केन्द्र स्थलगत अवलोकनपछि मन्त्रीसँगै सन्दकपुर गाउँपालिकाको कार्यालयमा सन्दकपुरको पर्यटन प्रवद्र्धनबारे छलफल भएको थियो ।
रेडपाण्डा संरक्षण केन्द्र संचालन र पर्यटन प्रवद्र्धनमा मन्त्रीको प्रतिवद्धता 
सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलको अध्ययनपछि गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्रमा भएको अन्तरक्रियामा बोल्दै पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले सन्दकपुर पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
पर्यटकीयस्थलको अध्ययनको क्रममा पर्यटन व्यवसायी, जनप्रतिनिधि र सरोकारवाला पक्षसँगको छलफलपछि गाउँपालिकामा भएको अन्तरक्रियामा बोल्दै मन्त्री उप्रेतीले नेपालको अर्थतन्त्र पर्यटनका माध्यमबाट हुने भएकाले सन्दकपुरको पर्यटन प्रवद्र्धनमा लगानी बढाउने बताए ।
मन्त्री उप्रेतीले भने–‘भारतसँग सीमा जोडिएका सीमा क्षेत्रका अग्लाडाँडाहरु पर्यटकहरुको आकर्षक गन्तव्य भएकाले अब यी क्षेत्रमा प्रदेश सरकारले लगानी बढाउँछ ।’ भारतमा ब्रिटिसको शासनकालबाटै भारतपट्टिबाट पर्यटन गतिविधि गरेको पाइयो–उनले भने–‘ हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मात्रै लगानी गर्दै छौँ ।’ उनले भने–‘पर्यटनको माध्यमबाट आर्थीक विकास गर्नका लागि अब हामी लगानी बढाउँछौँ ।’
सन्दकपुरमा रेडपाण्डाको माध्यमबाट विश्वभरका पर्यटकहरु तान्न सकिने भएकाले प्रदेश सरकारले रेडपाण्डा पार्क स्थापनाका लागि योजना अघि सारेको मन्त्री उप्रेतीले बताए । प्रदेश सरकारले रेडपाण्डा पार्कका लागि आवश्यक पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा २० लाख बिनियोजन गरेको मन्त्री उप्रेतीले बताए । उनले भने–‘ २० लाख बजेट चाँडै कार्यान्वय गरेमा थप बजेटको पनि व्यवस्था गर्न सकिन्छ ।’ छिमेकी भारत र चीनमा रेडपाण्डाको संरक्षण केन्द्र पर्यटक तान्ने माध्यम भएकाले हाम्रो देशको पनि पर्यटनको माध्यम बन्ने मन्त्री उप्रेतीले दाबी गरे ।
सन्दकपुर गाउँपालिकाले रेडपाण्डा संरक्षण क्षेत्र निर्माणका लागि थालेको अभियानमा प्रदेश सरकारले सहयोग गर्ने भएकाले चाँडो काम गरि थप बजेट र नितिगत समस्या समाधानका लागि प्रदेश सरकारसँग सहकार्य गर्न मन्त्री उप्रेतीले आग्रह गरे । उनले इलामको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग सहकार्य गर्नुपर्ने जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार