Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरको माबुमा वन समितिबीच अन्तरक्रिया

सन्दकपुरको माबुमा वन समितिबीच अन्तरक्रिया

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ७ २०८०


सन्दकपुरको माबुमा वन समितिबीच अन्तरक्रिया

इलाम– इलामको सन्दकपुर गाउँपालिका वडा ४ ९माबु०का सामुदायिक वन समितिबीच अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यस्थापन समितिको आयोजना र वडाको सहकार्यमा स्थानीय छ सामुदायिक वन समूहसँग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा समिति संयोजक तथा वडा २ अध्यक्ष सनम राई, वडा ४ अध्यक्ष ढालबहादुर गुरुङ, कार्यपालिका सदस्य छत्र दियाली, वडा सदस्यहरू दीपक राई र दीपककुमार गुरुङ सहभागी भए ।

सब–डिभिजन वन कार्यालयका वनरक्षक सुरेन्द्र थलङ, एबी राईलगायत विभिन सामुदायिक वनका पदाधिकारी र उपभोक्तालगायतको कार्यक्रममा सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार