सन्दकपुर । नेकपा एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघ सन्दकपुर अध्यक्षमा पुरण राई चयन भएका छन् । गाँउपालिका कार्यकर्ता भेलाले राईको अध्यक्षतामा ९ औ सदस्य रहेको राष्ट्रिय जनसांस्कृतिक महासंघ सन्दकपुर गाँउपालिका कमिटि गठन गरेको हो ।
महासंघको उपाध्यक्षमा विपन गुरुङ्ग, महिला उपाध्यक्षमा फुर्दिकी शेर्पा सचिवमा सुवरा वाङ्गदेल राई, उपसचिवमा विषम खतिवडा रहेका छन् । त्यसैगरि सदस्यहरुमा भिम कुलुङ राई , हेम बहादुर राई रहेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ जनसाहित्य इलामको संयोजक कुमार गुरुङको अध्यक्षता भएको कार्यक्रमको प्रमुखप्रष्ट पारेका थिए ।
विशेषअतिथि प्रदेस सचिब राजेश चाम्लिङ राई, जिल्ला कमिटि सचिबालय सदस्य याम राई र नेकपा एमाले सन्दकपुर गाउँपालिका अध्यक्ष गिरीराज खनालले नवनिर्वाचित समितिको बधाई दिएका थिए ।
