Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर ५ मा सामाजिक कुरीति सम्बन्धि अन्तरक्रिया (तस्बिरहरु)

सन्दकपुर ५ मा सामाजिक कुरीति सम्बन्धि अन्तरक्रिया (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन ४ २०८०


सन्दकपुर ५ मा सामाजिक कुरीति सम्बन्धि अन्तरक्रिया (तस्बिरहरु)

इलाम । इलामको सन्दकपुर ५ जमुनामा सामाजिक कुरीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । समाजमा रहेका वेतिथि विसंगति र कुरितिलाई हटाउने उद्देश्यले सन्दकपुर गाउँपालिकाको आयोजनामा २ दिने सामाजिक कुरीति अन्त्य सम्बन्धि कार्यक्रमको शुरु भएको हो ।

सन्दकपुर गाउँपालिका  ५ का अध्यक्ष यज्ञ बहादूर गुरुङको अध्यक्षता, न्यायीक समिति सदस्य कुमार गुरुङ, स्वास्थ्य चौकी जमुनाका प्रमुख भुपेन्द्र भट्टराईको आथित्यता रहेको थियो ।

समाजमा व्याप्त सामाजिक बिकृति र बिसंगतिले महिलाको स्वास्थ्यमा पारेका नकारात्मक असरलाई उजागर गरि महिलाका कानुनी अधिकार को वारेमा जानकारी गराउने उदेश्य ले सञ्चालित कार्यक्रममा हाम्रो समाजका सामाजिक कुरितिहरू, बाल बिबाह ले पारेको प्रभाव सम्पत्तिमा महिलाका कानुनी अधिकार, पारपाचुके , अंश हक, लगायतको बिषयमा सहजीकरण भएको थियोे । तालिमको सहजीकरण कानुन व्यसायी अधिबक्ता भिम कार्की र सन्दकपुर गा पा महिला बिकास शाखा प्रमुख दिपा सुब्बाले गरेका थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार