Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

ओएसिस महिला फुटबल : मानेभञ्ज्याङ र दीपेन्द्र शिखर सेमीफाइनलमा

ओएसिस महिला फुटबल : मानेभञ्ज्याङ र दीपेन्द्र शिखर सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन ४ २०८०


ओएसिस महिला फुटबल : मानेभञ्ज्याङ र दीपेन्द्र शिखर सेमीफाइनलमा

फिक्कल । मानेभञ्ज्याङ फुटबल क्ल्ब दार्जिलिङ र दीपेन्द्र शिखर एफसी हर्कटे इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक क्ल्ब ओएसिसलाई ३–१ गोल अन्तरले हराउँदै दार्जिलिङले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

दार्जिलिङको तर्फबाट सोनिया मार्कले २ र सुस्मिता लेप्चाले १ गोल गरिन् । ओएसिसकी जेनिफर राना मगरले १ गोल फर्काइन् । खेलको वुमन अफ दि म्याच दार्जिलिङकी सोनिया मार्क घोषित हुँदै नगद २ हजार प्राप्त गरिन् ।

विहिबार नै भएको दोश्रो क्वाटरफाइनल खेलमा दीपेन्द्र शिखरले पिवाइसी पाँचथरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । दुवै टिमबाट नेपाली यु–१९ महिला राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको थियो ।

जितका लागि दीपेन्द्रका तर्फबाट भावना राई, हिमा राउत, तुलसा बोहोरा, अनिशा राई र गोलरक्षक लीला जोशीले गरेको प्रहार गोलमा परिणत भयो । पाँचथरका तर्फबाट माया मास्के, सुक्रिया मिया, झुमा पोर्तेल र वर्षा ओलीको प्रहार गोलमा परिणत भयो ।

अन्जना पुन मगरको प्रहार बाहिरिएको थियो । खेलको वुमन अफ दि म्याच दीपेन्द्र शिखरकी गोलरक्षक लिला जोशी घोषित भइन् । तेश्रो क्वाटरफाइनलमा नमोवुद्ध सप्तरी र युनाइटेड देउमाइ युथ क्लब तथा अन्तिम क्वाटरफाइनलमा पटना सिटी भारत र विर्तामोड युनाइटेड बिच हुनेछ । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार