Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका २ को महाकालेश्वर मन्दिरमा महायज्ञ, भक्तजनको भिड (तस्बिरहरु)

इलाम नगरपालिका २ को महाकालेश्वर मन्दिरमा महायज्ञ, भक्तजनको भिड (तस्बिरहरु)

  • विष्णु गड्तौला
  • बिहिबार, फाल्गुन ३ २०८०


इलाम नगरपालिका २ को महाकालेश्वर मन्दिरमा महायज्ञ, भक्तजनको भिड (तस्बिरहरु)

सुम्बेक । इलाम नगरपालिका–२ सुम्बेकस्थित महाकालेश्वर शिव मन्दिरमा आयोजित श्रीभदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बाक्लो देखिएको छ । दिनहुँ हजारभन्दा बढी भक्तजन महापुराणमा सहभागी भइरहेको आयोजक समितिले जनाएको छ ।
मन्दिर र परोपकार संस्थाले आयोजना गरेको महापुराणमा कथा श्रवण गर्न एवम् दानका लागि भक्तजन भेला भइरहेका हुन् । आयोजक समिति अध्यक्ष कोषराज लम्सालले इलामसहित विभिन्न ठाउँबाट यहाँ भक्तजन र दाता आइरहेको बताए । भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाटसमेत महापुराणमा भक्तजन आउने जानकारी उनले दिए ।


विश्व रामसार सूचीमा सूचीकृत, प्रसिद्ध प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल माइपोखरीको काखमै रहेकाले पनि महाकालेश्वर शिव मन्दिर भक्तजनको आकर्षण बनिरहेको छ । महाकालेश्वर शिव मन्दिरदेखि माइपोखरीसम्मको क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा प्रवर्धन गर्ने उद्देश्यले विभिन्न धार्मिक गतिविधि भइरहेको इलाम नगरपालिका २ का निवर्तमान वडाध्यक्ष तथा महापुराण आर्थिक समिति संयोजक नारद लम्सालले बताए ।

महाकालेश्वर शिव मन्दिरसँगै जिल्लाकै ठूलो भनिएको बरको रुख र हालसम्म ओझेलमा परेको जुगी छाँगो ९टोड्के झरनापछि इलामकै दोस्रो अग्लो झरना०को प्रवर्धनमा पनि महापुराणले सहयोग गर्ने आयोजकको भनाइ छ । स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न वडा र स्थानीय सरकारले सहयोग गर्ने वडा २ अध्यक्ष गिरिराज रिजालले बताए । ‘यहाँका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न प्रदेश र संघीय सरकारको पनि ध्यानाकर्षण गर्नेछौं,’ उनले भने, ‘वडाले आगामी वर्षको बजेटमा यस्ता पूर्वाधारलाई प्राथमिकता दिनेछ ।’ मन्दिरलाई जग्गा खरिद, सभाहल निर्माण र अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । प्रख्यात कथावाचक आचार्य पण्डितद्वय कृष्णप्रसाद घिमिरे र विष्णुप्रसाद भट्टराईले यहाँ कथा वाचन गरिरहेका छन् । पाठपारायण पण्डित नारायण नेपाल छन् ।

आयोजक समिति कोषाध्यक्ष बुद्धमाया तामाङले महापुराण उद्घाटन हुनुअघि नै करिब आठ लाख रुपैयाँ सहयोग संकलन भएको जानकारी दिइन् । महापुरणको आज पाँचौँ दिन चलिरहेको छ । अहिलेसम्म करिब १८ लाख रुपैयाँ बराबरको सहयोग संकलन भएको उनले जनाइन् । देश–विदेशका विभिन्न ठाउँबाट सहयोग आउनेक्रम निरन्तर रहेको र अपेक्षाभन्दा बढी सहयोग रकम संकलन हुने अनुमान रहेको आर्थिक संयोजक लम्सालले बताए ।


महापुराण उद्घाटनको दिन तामाङ समुदायको सोनाम ल्होसार परेकाले तामाङसेलोसँगै तामाङ जातिका विभिन्न जातीय झाँकी प्रस्तुत गरिएको थियो । योसँगै साकेला, चण्डी नाचसमेत प्रस्तुत गरिएको थियो । दैनिक महात्म्य कथाअनुसार कलाकारको सांस्कृतिक झाँकी पनि प्रदर्शन भइरहेको छ । ज्ञानमञ्चसँगै महाकालेश्वर भाग्योदय चिठ्ठा कार्यक्रमसमेत सञ्चालन गर्दा सन्ध्याकालीन भजनकीर्तनमा पनि भक्तजनको सहभागिता बाक्लो हुनेगरेको छ ।  पालिका पेजबाट 

प्रतिक्रिया
सम्बन्धित समाचार