Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम ओएसिस महिला फुटबल आजबाट सुरू

प्रथम ओएसिस महिला फुटबल आजबाट सुरू

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन ३ २०८०


प्रथम ओएसिस महिला फुटबल आजबाट सुरू

इलाम– इलामको ठूलो टुँडिखेलमा आज (बिहीबार) प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । आजको उद्घाटन खेल अपराह्न १ बजे आयोजक क्लब ओएसिस र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच हुँदैछ ।

आजै दोस्रो खेल अपराह्न ३ बजे पाँचथर र इलामको दीपेन्द्रशिखरबीच हुने तालिका छ । प्रतियोगितामा सप्तरीको नमोबुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड र भारतको पटना सिटी पनि सहभागी छन् ।

प्रतियोगिताको फाइनल आउँदो ७ गते हुनेछ । विजेताले नगद दुई लाखसहित मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिँदैछ ।
यो प्रतियोगिता दर्शकले निःशुल्क हेर्न पाउने छन् । भर्खरै इलाम गोल्डकप सम्पन्न गर्ने रेडहर्स फुटबल क्लबले मर्मत गरेको खेलमैदान र प्यारापिट नै प्रयोग हुने भएकाले खर्च कम हुनेसमेत आयोजकले जनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार