Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङमा कप : मानेभञ्ज्याङ सेमिफाइनलमा

पवित्रहाङमा कप : मानेभञ्ज्याङ सेमिफाइनलमा

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २७ २०८०


पवित्रहाङमा कप : मानेभञ्ज्याङ सेमिफाइनलमा

माङसेबुङ– इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब सेमिफाइनल उक्लिएको छ । माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा शुक्रबार भएको खेलमा सप्तरीको नवोबुद्ध युवा क्लबलाई २–० गोलान्तरले पराजित गर्दै मानेभञ्ज्याङ अन्तिम चारमा पुगेको हो ।

मानेभञ्ज्याङको जितमा दुवै गोल सिम्रन गुरुङले गरिन् । उनले पहिलो हाफमा र दोस्रो हाफमा गोल गरेकी हुन् । खेलको वुमन अफ दी म्याचसमेत गुरुङ नै घोषित भइन् । प्रतियोगिता अन्तर्गत शनिबार० मोरङको जनसहयोग युवा क्लब र इलामको डिएसएफसी इलामबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार