इलाम । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता छनौटमा इलामको जुबिलेन्ट इलाइट एकाडेमी इलाम नगरपालिका भित्रका विद्यालयहरुमा प्रथम भएको छ । १४औ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता इलाम नगरपालिकाद्धारा भएको छनौटमा एकाडेमीले सबैभन्दा धेरै गोल्डमेडल हात पारेको हो ।

रास्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगितामा इलाम नगरपालिका बाट सर्वाधिक मोल्डमेडल सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । मर्शलआर्टका , उसु र तेक्वान्दो, तेकवान्दोमा मा प्रथम स्थान हासिल गर्दै १६ गोल्ड मेडल सहित एकाडेमी प्रथम भएको हो । विद्यालयस्तरको राष्ट्रपति रनिङ सिल्डमा जुबिलेन्ट इलाइट एकाडेमीले विगत तिन वर्षमा प्रथम भइ सिल्ड हात पारेको थियो । त्यसैगरि इलाम माध्यमिक विद्यालयले १५ वटा गोल्डमेडलसहित दोस्रो छनौट भएको हो ।




