Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

शसस्त्र प्रहरीको अगुवाइमा माइ नगरमा फाल्गुनभरी सरसफाइ महिना

शसस्त्र प्रहरीको अगुवाइमा माइ नगरमा फाल्गुनभरी सरसफाइ महिना

  • तेजबहादुर घिमिरे
  • शनिबार, फाल्गुन ५ २०७४


शसस्त्र प्रहरीको अगुवाइमा माइ नगरमा फाल्गुनभरी सरसफाइ महिना

माइ । इलामको दक्षिणी क्षेत्र माइ नगरपालिकामा फाल्गुनलाई सरसफाइ महिनाको रुपमा मनाइने भएको छ । शसस्त्र प्रहरी बेस क्याम्प दानाबारीकोु अगुवाइमा नगरका विभिन्न क्षेत्रमा सरसफाइ गरी स्वच्छ र हराभरा माइ नगर बनाइन लागेको हो । अभियानलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा, दानाबारी कराते डोजो, तेक्वान्दो डोजाङ, प्रहरी चौकी लोदिया, सामुदायिक बन लगायतले सहयोग गरेका छन ।

अभियानको पहिलो दिन शनिवार नगर उपप्रमुख बिष्णुमाया रिमाल, शसस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर चेतन बारकोटी, नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापती मित्रप्रसाद गौतम लगायतको सहभागीता रहेको थियो । नगर क्षेत्रलाई स्वच्छ, हरित र सफा बनाउन अभियान चालिएको बारकोटीले बताए ।

अभियानका क्रममा हरेक शनिबार बिहान ७ बजेबाट साढे ९ बजे नगरपालिकाका विभिन्न क्षेत्रहरुमा सरसफाइ गरिनेछ । यसअघि पनि नमुना युवा समुहको अगुवाइमा शुक्रबारे बजारको फोहोर सरसफाइ हुँदै आएको थियो तर आर्थिक अभावका कारण सरसफाइ कार्य नियमित हुन सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार