Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको मरब क्याम्पस प्रमुखमा गंगाराम पौडेल

इलामको मरब क्याम्पस प्रमुखमा गंगाराम पौडेल

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ २३ २०८०


इलामको मरब क्याम्पस प्रमुखमा गंगाराम पौडेल

इलाम– इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको प्रमुखमा गंगाराम पौडेल सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिले आज ९मंगलबार० सहप्राध्यापक पौडललाई इलामको क्याम्पस प्रमुखमा त्रिविलाई सिफारिस गरेको हो । मरब क्याम्पसको प्रमुख रहेका सहप्राध्यापक खगेन्द्र चापागाईंको गत १७ गते उमेरहदका कारण अनिवार्य अवकाश भएको थियो । त्यसपछि क्याम्पसबाट १ नम्बरमा पौडेल, २ नम्बरमा राजेन्द्र बराल र ३ नम्बरमा बद्रीप्रसाद फुएँलको नाम कार्यकारी समितिमा प्रमुखका लागि सिफारिस गरिएको थियो ।

पौडेलले कार्यकारी समितिले आफ्नो नाम क्याम्पस प्रमुखमा निर्णय गरेको जानकारी आफूलाई आएको पुष्टि गरे । ‘मलाई प्रमुखमा सिफारिस भएको जानकारी आयो, त्रिविले सायद नियुक्तिपत्र पनि पठाइसकेको होला, इमेल चाहिँ हेरेको छैन,’ उनले भने । क्याम्पस प्रमुखको पदावधि चार वर्षको हुन्छ ।

क्याम्पसले रिक्त प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरेपछि कार्यकारी समितिले तीमध्येबाट एकजनाको नाम नियुक्तिका लागि सिफारिस गर्छ । कार्यकारी समितिमा त्रिविका उपकुलपति, रजिस्टार, रेक्टर, डिन र शिक्षक प्रतिनिधि गरी सात जना रहने व्यवस्था छ ।इलामकै फाकफोकथुम घर भएका पौडेल शिक्षा र नेपाली विषयका सहप्राध्यापक हुन् । २०५५ साल मंसिरमा त्रिविमा अध्यापकका रूपमा पहिलो पटक नियुक्त भएका पौडेल छ वर्षअघि सहप्राध्यापक भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार