Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फेब्रुअरी ५ : रोनाल्डो र नेयमारको जन्म

फेब्रुअरी ५ : रोनाल्डो र नेयमारको जन्म

  • सन्देश सम्वददाता
  • सोमबार, माघ २२ २०८०


फेब्रुअरी ५  : रोनाल्डो र नेयमारको जन्म

इलाम । सन् १९८५ मा आजकै दिन फेब्रुअरी ५ मा चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो र १९९२ मा नेयमारको जन्म भएको थियो । पोर्चुगलका रोनाल्डो हाल साउदी अरबको अल नासेर क्लबबाट फरवार्डका रूपमा खेल्छन् । रोनाल्डोले स्पोर्टिङ क्लबबाट आफ्नो फुटबल करिअर सुरु गरेका हुन् । त्यसपछि उनले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट खेल्न थाले । सन् २००९ देखि भने उनले रियल म्याड्रिड क्लबबाट खेल्न थालेका थिए । २०१८ बाट युभेन्ट्सका लागि खेल्न थालेका रोनाल्डो तीन वर्षपछि म्यानचेस्टर युनाइटेड पुगेका थिए ।

व्यावसायिक फुटबल खेल्ने क्रममा ३७ वर्षीय रोनाल्डोले हालसम्म पाँच पटक बालन डी’अर र चार पटक युरोपेली गोल्डेन बुट जितिसकेका छन् । उनी सात लिग टाइटल, पाँच यूईएफए च्याम्पियन्स लिग, यूईएफए युरोपियन च्याम्पियनसिप र यूईएफए नेसन्स लिगसहित जीवनमा ३४ वटा ट्रफी विजेतासमेत हुन् । रोनाल्डोले हालसम्म ११ सयभन्दा बढी व्यावसायिक फुटबल खेलिसकेका छन् । उनले च्याम्पियन्स लिगका १ सय ८३ खेलमा १ सय ४० गोल र ४२ असिस्ट गरिसकेका छन् ।

पोर्चुगलको राष्ट्रिय टिमबाट भने उनले १८ वर्षको उमेरमा २००३ मा खेल्न थालेका थिए । देशका लागि उनले सयभन्दा बढी गोल गरिसकेका छन् । २०१५ मा उनी पोर्चुगिज फुटबल फेडेरेसनबाट सर्वकालीन महान् खेलाडी घोषित भएका थिए । त्यसको अर्को वर्ष पोर्चुगलले युरो कपको उपाधि हात पारेको थियो ।
नेयमार
नेयमारको जन्म ब्राजिलको मोगी दास कजेसमा ५ फेव्रवरी १९९२ मा भएको हो। उनको पूरा नाम नेमार डा सिल्वा सान्टोस जूनियर हो। उनी ब्राजिलका पूर्व फुटबल खेलाडी नेयमार सन्टोस सिनियर र नदिने दा सिल्वाका छोरा हुन्। उनकी पत्नीको नाम केरोलिना डेन्टस हो। उनको एउटा छोरा पनि छ। डेविड लुक्ला । नेयमार दा सिल्भा सान्तोस जुनियर, फुटबल जगतको उत्कृष्ट फरवार्डहरू मध्ये एक हुन् ।

फुटबल जगतमा ब्राजिलियन फुटबलरहरुले धेरै सफलता हात पारेका छन् । विश्वका दुई उत्कृष्ट फुटबल क्लबमा नेयमारले खेलिसकेका छन् । र उनी हाल साउदी अरबको अल हिलाल क्लबमा आवद्ध छन् । नेयमारले आफ्नो क्यारियरमा धेरै सफलता हासिल गरेका छन् । नेयमारले सन् २००९ मा स्थानीय क्लब सान्तोसबाट खेल्दै आफ्नो करियर शुरु गरेका थिए । उनी २०१३ मा स्पेनिस क्लब बार्सिलोनामा आए ।

उनले २०१४-०१५ सिजनमा क्याटालान्ससँग ट्रेबल (लिग उपाधि, कोपा डेल रे र च्याम्पियन्स लिग) जितेका थिए । नेयमारले १८ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।सन् २०१२ मा भएको लण्डन ओलम्पिक खेलमा उनी ब्राजिल टिममा रहँदै फाइनलमा लैजान ठूलो योगदान दिए।

नेयमारले २०१२ मा २० औं जन्म दिन मनाएका थिए । सोहि दिन उनले आफ्नो फुटबल यात्रामा एक सय गोल पूरा गरेका थिए । नेयमारले २०१६ को समर ओलम्पिकमा होन्डुरसविरुद्ध ब्राजिलको सेमिफाइनल खेलमा ओलम्पिक इतिहासमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाए । नेयमारले १४ सेकेन्डमा गोल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार