Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाममा फागुन १० बाट अन्तरपालिका उपप्रमुख महिला फुटबल

इलाममा फागुन १० बाट अन्तरपालिका उपप्रमुख महिला फुटबल

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २१ २०८०


इलाममा फागुन १० बाट अन्तरपालिका उपप्रमुख महिला फुटबल

फिक्कल । इलाममा आगामी फागुन १० गतेबाट अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । माईभ्याली फुटबल क्लब र रेडहर्स फुटबल क्लबको संयुक्त आयोजनामा फागनु १९ गतेसम्म इलामको ठुलो टुडिखेलमा प्रतियोगिता संचालन गरिने भएको हो । प्रतियोगितामा इलामको १० वटै पालिकाको महिला टिम सहभागी गराइने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताको सेमीफाइनलसम्म टिकट दर ५० रुपैया कायम गरिएको छ । फाइनल खेलमा १ सय रुपैया टिकट दर कायम गरिएको माईभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्ले जानकारी दिए । प्रतियोगितामा दर्शकको रुपमा आउने जेष्ठ नागरिकलाई प्रवेश शुल्कमा छुट दिने र विद्यार्थीहरुलाई ५० प्रतिशत मात्र शुल्क लिइने काफ्लेले जानकारी दिए । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।

विधागत तर्फ उत्कृष्ट गोलरक्षक, फरवार्ड, डिफेन्स, सर्वाधिक गोलकर्ता र उदियमान खेलाडीलाई जनही ३ हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता संचालनका लागि माईभ्यालीका अध्यक्ष दिनेश काफ्लेलाई संयोजक रेडहर्सका अध्यक्ष सांगे योल्मुलाई सहसंयोजक तोकिएको छ । माईभ्यालीको तर्फबाट विरेन देवान, कमल सुवेदी, सन्तोष भक्तराज र प्रज्वल चापागाईलाई सदस्य तोकिएको छ ।

रेडहर्सबाट प्रकाश घिमिरे, सुवास अधिकारी, राजिवसिंह खत्री र पवन सुवेदी रहेका छन् । महिला तर्फबाट नुनुमा राई, दिव्या भट्टराई, रिना घिमिरे, नानुका खत्री र मायादेवी भण्डारी सदस्य रहेका छन् । प्रतियोगिताको समापन समारोहमा पुर्व राष्ट्रिय एवम अन्तराष्ट्रिय महिला खेलाडीलाई सम्मान समेत गरिने भएको छ ।

प्रतियोगिताको लागि “समानता हाम्रो अधिकार”  “Equity is our right”  र “खेलमैदान जाउँ खेलाडीहरुलाई प्रोत्साहन गर्दै फुटबल खेल विकासमा योगदान गरौ” भन्ने नारा तय गरिएको छ । कार्यक्रमलाई चुस्त रुपमा संचालन गर्नका लागि दिनेश काफ्लेको संयोजकत्वमा साङ्गे योल्मु सह संयोजक र रिना घिमिरे सचिव तोक्दै सचिवालय समिति गठन समेत गरिएको छ ।

प्रतियोगितामा विशेष सहयोगको २ हजारको टिकटमा फाइनलका दिन लक्की ड्र मार्फत १ जनालाई २० हजार नगद उपहार उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार