Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्रको विधानमाथि इलाममा नेता कार्यकर्ताको १५ बढी सुझाव (तस्बिरहरु)

माओवादी केन्द्रको विधानमाथि इलाममा नेता कार्यकर्ताको १५ बढी सुझाव (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २१ २०८०


माओवादी केन्द्रको विधानमाथि इलाममा नेता कार्यकर्ताको १५ बढी सुझाव (तस्बिरहरु)

इलाम । नेकपा माओवादी केन्द्रको प्रस्तावित विधान मस्यौदा माथि इलामममा अन्तरक्रिया तथा सुझाव संकलनको काम सम्पन्न भएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष बिजय खम्बुको अध्यक्षतामा भएको सुझाव संकलन बैठकमा प्रस्तावित विधान मस्यौदा माथि समुहगत रुपमा छलफल गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रस्तावित विधान मस्यौदा सुझाव संकलन बैठकमा नेकपा माओवादी केन्द्र पोलिटव्यूरो सदस्य तथा माओवादी केन्द्र प्रदेश संसदिय नेता इन्द्रबहादूर आङ्बो (मौसम) को प्रमुख आथित्यता रहेको थियो ।

बैठकले पार्टीको विधान माथि समुहगत छलफल बाट आएका सल्लाह एवं सुझावहरु प्रदेश समिति र केन्द्रिय समितिमा पठाउने, फागुन १० गते सम्ममा अनिवार्य पार्टी सदस्यता नविकरण सम्पन्न गरिसक्ने, फागुन २१ सम्ममा वडाहरुको सम्मेलन सम्पन्न गर्ने, पालिकाहरुको बैठक माग २३ गते बस्ने र सदस्य नविकरण र वडा सम्मेलनको लागि कार्यविभाजन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष बिजय खम्बुले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र इलाम जिल्ला समन्वय समितिको सातौं बिस्तारित बैठकमा समुहगत छलफलमा पार्टीको नाम परिवर्तन, चुनाव चिन्ह परिवर्तन, उमेर हद तोक्नुपर्ने, केन्द्रीय समिति दुई अंकको हुनुपर्ने, जिल्ला समन्वय समिति कार्यकारी हुनुपर्ने, बिधानको भाग ६ को धारा २४ खारेज गर्नुपर्ने, सदस्यता नबिकरणमा परिवर्तन गर्नुपर्ने, पूर्व जनमुक्ति सेनालाई पार्टीमा समेट्नुपर्ने, हरेक कमिटी निर्वाचित हुने र सरकारमा जाने सम्बन्धि व्यापक छलफल हुनुपर्ने, सरकार सञ्चालन गर्दा जनता, नेता र कार्यकर्ताबाट सुझाव संकलन गर्नुपर्ने, पार्टीको विधान जारी भएपछि केन्द्रीय अध्यक्ष देखि सेल कमिटी सम्म समानपुर्वक लागू हुनपर्ने नेता कार्यकर्ताको सुझाव छ । बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिस सदस्य धिरेन्द्र सर्मा रमन, प्रदेश सल्लाहाकार सदस्य प्रेमनाछिरिङ राई, जिल्ला सह इञ्चार्ज कान्छा लावती लगायतको आथित्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार