इलाम । पूर्वी पहाडको रामसार क्षेत्र इलामको सन्दकपुर गाउँपालिकामा अवस्थित माईपोखरीमा विश्व सिमसार दिवसको मनाइएको छ । सव डिभिजन कार्यालय सन्दकपुरका प्रमुख बिनोद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सिमसार क्षेत्रको महत्वका बारेमा अन्तरक्रिया भएको थियो । सिमसार क्षेत्रको संरक्षणको महत्व र सिमसारसँग मानव जातिको अन्तरसम्बधका बारेमा छलफल भएको थियो ।
सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आथित्यतामा भएको अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सन्दकपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका सभापति सनम राईले सन्दकपुर गाउँपालिकामा सिमसार क्षेत्रहरु धेरै भएकाले सबै मिलेर संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा सन्दकपुर १ का अध्यक्ष रहर राई, ४ का अध्यक्ष ढाल बहादूर गुरुङ्ग, ३ का अध्यक्ष लिल बहादूर बुर्जा, ५ का अध्यक्ष यज्ञ बहादूर गुरुङ्ग, इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठ, सन्दकपुर गाउँपालिका कार्यपालिका सदस्य छत्र दियाली, नरमाया लिम्बु, बिनु राई, सुनिता धमला लगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रियामा भालुकटेरी सामुदायीक वनकी अध्यक्ष रमिला बुर्जा मगर, भेडिचोक सामुदायीक वनका अध्यक्ष निमदोर्जे सेर्पा लगायत सन्दकपुर माईपोखरी क्षेत्रका स्थानीयबासीको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी इलामका प्रमुख एसपि बासुदेव खेतिवडा, शसस्त्र प्रहरी बलका एसपि द्रोण बिष्टको उपस्थिति रहेको थियो ।

