इलाम । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । चौधरीलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पक्राउ गरेको हो । चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गासम्बन्धी विवादमा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
बिहीबार पक्राउ परेका चौधरी चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् । उनी चौधरी ग्रुपअन्तर्गतको सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा हडपेको बारे समाचार प्रकाशित भएको थियो । त्यसपछि यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरेको थियो ।
बाँसबारी छालाजुत्ता कारखाना किनबेच प्रकरणमा तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले थापालाई काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको हो । सो कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी हुँदा थापा कार्यकारी प्रमुख रहेको प्रहरीले जनाएको छ ।