Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जनताको आस्था नै प्रहरीको मुलधन : प्रहरी महानिरिक्षक प्रकाश अर्याल

जनताको आस्था नै प्रहरीको मुलधन : प्रहरी महानिरिक्षक प्रकाश अर्याल

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन ३ २०७४


जनताको आस्था नै प्रहरीको मुलधन : प्रहरी महानिरिक्षक प्रकाश अर्याल

इलाम । प्रहरी महानिरिक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मुलधन भएकाले यसलाई अक्षयकोषको रुपमा संरक्षण गर्नुपर्ने बताए । उनले प्रहरी कर्मचारीले समयसमयमा गर्ने गैरव्यवसायिक क्रियाकलापले संगठनको शाख र जनताको विश्वासमा धक्का लागेकाले यस्ता कर्मचारी र प्रहरीलाई कारवाही गर्नमा कुनै कसुर बाँकी नराखिने बताए ।
इलाममा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयको भवन उद्धघाटन गर्दै अर्यालले भने ‘शान्ति सुरक्षा केबल चिया पसल र चोकमा नागरिक चर्चा र सरोकारको बिषय मात्र नभइ नागरिक सहभागिता र संघियताको बिषय पनि बन्नुपर्छ’ ।
७२ हजारको प्रहरी संगठनमा रहेका नराम्राहरुलाई हेरेर प्रहरी संगठनको मुल्याङकन नगरीदिन अर्यालले आग्रह गरे । उनले भने नागरिकको हक प्रत्याभुत गर्न सदैव प्रहरी संगठन जनमुखी र कटिवद्ध रहेकोकाले नराम्रालाई हेरेर प्रहरीको मुल्याङकन नगरिदिनुहोस’ ।
यसैगरी प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) पंकज श्रेष्ठले प्रहरी प्रधान कार्यालयले इलामका प्रहरीहरुको सुविधाको लागी गाडी स्विकृत गरेकाले केही दिनभित्र उपलव्ध हुने जानकारी दिए । उनले नेपाल भारत सिमा क्षेत्रको सन्दकपुरमा प्रहरी चौकी स्थापना गर्नका लागी प्रधान कार्यालयलाई पहल गर्ने बताए ।
आर्थिक बर्ष २०७२।७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरू गरिएको कार्यालय भवन ३ करोड ८७ लाख ९१ हजार ८०९ रुपैयाको लागतमा सम्पन्न गर्ने गरी कार्की बन्धु र अमर जेभी बिराटनगरसंग २०७२ फाल्गनु २८ गते सम्झौता गरिएकोमा स्विकृत गुरुयोजनमा हिरासत भवनको साइट परिर्वतना तथा रिटेनिङ वाल थप गर्नुपरेकाले निर्माण सम्पन्न हुँदा ४ करोड ३२ लाख १० हजार ९५७ रुपैया लागत रहेको प्रहरी नायव उपरिक्षक इश्वर थापाले जानकारी दिए ।
यसैगरी दोश्रो चरणमा व्यारेक र भान्साघरको प्रहरी प्रधान कार्यालय तथा भौतिक परियोजना महाशाखाबाट ४ करोड ५लाख ९० हजार ८३९ रुपैया लागत अनुमान गरिएका बोलपत्र आहवान भइ ठेक्का सम्झौता हुने क्रममा रहेको थापाले जानकारी दिए । १२ हजार ४७३ वर्ग फिट क्षेत्रफल भएको कार्यालय तथा हिरासतमा २२ वटा कोठा रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार