इलाम । इलाम नगरपालिका वडा नम्बर ६ ले किसानलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष दुर्गा श्रेष्ठको अध्यक्षता एव इलाम नगरपालिका इलामका नगरप्रमूख केदार थापाको प्रमूख आतित्थ्यतामा यस आर्थिक वर्षको बार्षिक बजेटबाट कृषि सामग्रीहरु हस्तान्तरण गरेको हो । बार्षिक स्वीकृत बजेटको आर्थिक विकास कार्यक्रम बमोजिम ५० प्रतिशत लागत सहभागितामा कृषक तथा कृषि उद्यमीहरुलाई मागको आधारमा मोटर सहितको च्यापकटर सेट अनुदानमा प्रदान गरिएको हो ।

कार्यक्रम अन्तरगत मोटर सहितको च्यापकटर मेशिन सेट १५ जना किसानलाई प्रदान गरिएको हो । वडाबाट वन वातावरण तथा विपद् व्यवस्थापन विकास कार्यक्रम बमोजिम माग र आवश्यकताको आधारमा विपन्न नागरिकहरुलाई खानेपानीको पाइप र ट्याँङकी अनुदान सहयोग कार्यक्रममा प्रदान गरिएको छ ।
३ सय लिटरको खानेपानीको ट्याङ्कि ८४ जना किसानलाई प्रमूख अतिथि अध्यक्ष वडा सदस्यहरु वडा स्तरीय समन्य समिति र टोल विकास सस्थाका पदाधिकारीहरुको आथित्यतामा हस्तान्तरण गरिएको वडा सचिव खड्ग बस्नेतले बताए ।

कार्यक्रममा इलाम नगरपालिका कार्यापालिका सदस्य एव वडा समिति सदस्य दिपक तिखत्री वडा सदस्यहरु बिना देवि लिम्बु, पार्वति बिश्वकर्मा, प्रेम कुमार राई,सुवर्ण खड्का, वडा स्तरीय आदिबासी जनजाती समन्वय समितिका अध्यक्ष कृष्ण तामाङको उपस्थिति रहेको थियो । कार्यक्रममा नवो बुद्ध आदर्श टोल विकास सस्थाका दल बहादुर योञ्जन सिहदेवि आदर्श टोल विकास सस्थाका धनराज खत्री, बालनगाउँ टोल विकास सस्था धनलाल श्रेष्ठ,आदर्श सत्यनारायण टोल विकास सस्थाका देउ प्रकाश खाम्दाक पिपलबोटे शिखरनगर टोल विकास सस्थाका हैकम राई, सिह देवि पिपलबोटे टोल विकास सस्थाका शर्मिला निरैला सिहसिद्ध देवि टोल विकास सस्था विमला देवि शर्मा, सेतिदेवि टोल विकास सस्था चक्र दाहाल, नारायणस्थान टोल विकास सस्था भिम माया लिम्बु, गढि दृपादेवि टोल विकास सस्थाबाट योगेन्द्र विश्वकर्माको उपस्थिति रहेको थियो । टोल विकास सस्थाका अध्यक्षबाट महत्वपुर्ण सुझाब समेत राखेका थिए ।
यसै गरि प्रमुख अतिथि एंव नगरप्रमुख केदार थापाले नगरपालिकाले किसान र विपन्न नागरिकहरुले पाउने सेवा सुविधा उपलब्ध गराउदै आएकोले सहभागिहरुले प्राप्त गर्ने अनुदानको मेशिन र खानेपानी ट्याङ्की सहयोग गरिएको बताए । कार्यक्रमका अध्यक्ष दुर्गा श्रेष्ठले वडाबाट चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरुको हालको गतिविधिको अवस्था र वडा कार्यालयबाट नागरिकहरुका लागि प्रवाह गरिने सेवा प्रवाहरु सरल सहज एंव पारदर्शिता रुपमा अगाडि बढाइएको बताए । वडाले किसानहरुलाई गाइ, बाख्रा, सुगुर, कुखुरा मात्र नभएको बजेटको परिधि भित्र रहेर वडाका नागरिकहरु प्रति जिम्मेवारी पुर्वक सामाजिक विकास र भौतिक पुर्वधारका क्षेत्रमा समेत कार्य सम्पादन गर्दै आएको उनले बताए ।








