Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माइजोगमाईले चुम्यो लसुने भलिबल उपाधि

माइजोगमाईले चुम्यो लसुने भलिबल उपाधि

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १६ २०८०


माइजोगमाईले चुम्यो लसुने भलिबल उपाधि

रोङ । इलामको रोङ गाउँपालिका ३, लसुने खुला भलिबल प्रतियोगिताको उपाधि इलामको माइजोगमाई गाउँपालिकाले जितेको छ । फाइनलमा झापाको बुद्धशान्ति टिमलाई हराउँदै माइजोगमाईले उपाधि उचालेको हो । माइजोगमाईले २५–१८र२५–१८ र २५–१७ को सोझो सेटमा बुद्धशान्ति टिमलाई जितेको हो । फाइनल जितेसँगै माइजोगमाईले ३५ हजार नगद, मेडल र प्रमाणपत्र पाएको छ ।

२० हजार नगद मेडल र प्रमाणपत्र पाउँदै बुद्धशान्तिले उपविजेतामा सिमित बनेको छ । प्रतियोगिताको ‘म्यान अफ् दि टुर्नामेन्ट’ माइजोगमाईका अभिषेक कामती घोषित भए । खेलको निर्णायकमा ऋषिराम पराजुली र डाइमन्ड तिम्सिना  थिए । रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले विजेता टिमलाई ट्रफी प्रदान गरिन् । कोल्बुङ युवा समाजले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार