इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले खेलकुद सप्ताह आयोजना गर्ने भएको छ । नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्न सांस्कृतिक कार्यक्रमसहित यही माघ २१ देखि २४ गतेसम्म खेलकुद सप्ताह आयोजना गरिएको हो ।
युनियनका अनुसार विद्यार्थीबीच भलिबल, छेलो, बुुद्धिचाल, टेबलटेनिस र म्युजिकल चेयरलगायत खेल आयोजना गरिएको छ । २४ गते सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।