Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

व्यवसायीक कृषि र पशुपालनको अध्ययन क्षेत्र बन्दै इलाम (तस्बिरहरु) 

व्यवसायीक कृषि र पशुपालनको अध्ययन क्षेत्र बन्दै इलाम (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • मंगलबार, माघ १६ २०८०


व्यवसायीक कृषि र पशुपालनको अध्ययन क्षेत्र बन्दै इलाम (तस्बिरहरु) 
इलाम । व्यवसायीक कृषि र पशुपालनको अध्ययनका लागि नेपालसँगै भारतका कृषक जनप्रतिनिधि र अध्ययनकर्मी इलामका किसान र उद्यमीको घरदैलोमा पुग्ने गरेका छन् । लगदेवालीको खेती र प्रशोधनबाट सिर्जना भएको रोजगारीको अध्ययन गर्नेको संख्या वृद्धि भएसँगै इलामको नगदेवाली खेती पश्चिम नेपाल, भारत र भुटानसम्म विस्तार हुने क्रम बढेको छ ।  सूर्योदय नगरपालिका ३ कोे लक्कि डेरीमा अध्ययन गर्न देशभरका किसानको दैनिक उपस्थिति हुन्छ । चिज, घिउ, पनिर उत्पादन गर्ने डेरीमा उद्यमी तुलु तमाङले दिनमा ७ वटा सम्म भ्रमण टोलीलाई सफल उद्यमको अनुभव सुनाउँछन् ।
तेस्रो मुलकका पर्यटकको समेत कोसेली रहेको ललिपप उत्पादन गर्ने सिवलाल प्रधानको उद्योगमा नेपाल, भारत र भुटानसम्मका किसान र उद्यमीको उपस्थिति हुन्छ । भ्रमणमा आउने किसानले उद्योगमा प्रयोग हुने प्रविधि, लगानी, बजार, रोजगार अवस्थाको अध्ययन गरि आफ्नो क्षेत्रमा नगदेवादी विस्तारको योजना बनाए    फर्कछन् ।
चिया, अुदवा, अलैची,ओलन, अकबरे खुर्सानी जस्ता ११ ‘अ’ को उत्पादन गर्ने इलामले दैनिक १०÷१५ वटासम्म किसानको भ्रमण टोलीलाई स्वागत गर्छ ।  पहाडी क्षेत्रको हावापानी उस्तै भएकाले इलाम भ्रमणमा आउने किसान र उद्यमीले आफ्नो क्षेत्रमा पनि यहाँका नगदेवालीको खेति विस्तारमा जोड दिँदै आएका छन् ।
इलामका प्ररिश्रमि किसानसँग सिप लिएर अहिले पुर्वी नेपालमा मात्रै हुने अलैची खेती देशको ५२ जिल्लामा फैलिएको छ । रोपणपछि डेढ सय वर्षबढीसम्म आम्दानी गरेपछि चिया खेती विस्तारको योजना समेत बनाउने गरेका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र व्यवसायीक कृषिमा चासो राख्नेहरुको टोली हरेक दिन इलाम भ्रमण गर्दै आएको छ । इलाममा उत्पादन हुने अलैची, चिया र ग्रामीण पर्यटनको सिप राम्रो भएकाले अध्ययन गर्न आएको काभ्रेको भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादूर भुजेलले बताए ।
अध्ययनका लागि आउने किसान र उद्यमीले यहाँका नगदेवालीका बिरुवाहरुको माग गर्दै आएका छन् । जसका कारण इलामबाट चिया, अदुवा, अलैचीको बिरुवा र बिऊ निर्यात हुने क्रम बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार