Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम गोल्डकप उपाधि एनआरटीको पोल्टामा

इलाम गोल्डकप उपाधि एनआरटीको पोल्टामा

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ १३ २०८०


इलाम गोल्डकप उपाधि एनआरटीको पोल्टामा

इलाम– न्युराेड टिम (एनआरटी ) पहिलो  इलाम गोल्डकप’को उपाधि उचालेको छ ।  आज (शनिबार) भएको फाइनलमा  एनआरटीले टाइब्रेकरमा  ४–३ गोलान्तरले झापालाई पराजित गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो ।  झापाले उपविजेतामा सिमित भएकाे छ । आजको फाइनलमा एनआरटीका राजीव लोप्चनले पहेंलो कार्ड पाए ।

एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । बिर्तामोडले सेमिमा पाँचथरलाई र क्वार्टरमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।

विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउँदैछन् । रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता माघ ६ मा सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार