Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साखेजुङमा करोड लगानीमा सिँचाइ कुलो बन्दै

साखेजुङमा करोड लगानीमा सिँचाइ कुलो बन्दै

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ १३ २०८०


साखेजुङमा करोड लगानीमा सिँचाइ कुलो बन्दै

इलाम– इलाम नगरपालिकाका १, साखेजुङस्थित झुत्रेखोला–ज्यामिरे सिँचाइ कुलो स्तरोन्नति आयोजना शिलान्यास गरिएको छ ।
इलाम नगरपालिकाका मेयर केदार थापाले आयोजना शिलान्यास गरेका हुन् ।

कुलो स्तरउन्नतिका लागि एक करोड बजेट विनियोजित छ । यसमा स्थानीय उपभोक्ताको १० प्रतिशत लागत सहभागिता रहने वडा १ का वडाध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए ।

आयोजनामा ३० प्रतिशत स्वीस सरकार, २० प्रतिशत संघीय सरकार, २० प्रतिशत कोशी प्रदेश सरकार र २० प्रतिशत इलाम नगरपालिकाको लागत सहभागिता छ ।

यो आयोजना सम्पन्न भएपछि करिब नौ सय रोपनीमा सिँचाइ हुने उनले जनाए ।यो आयोजनाबाट साखेजुङको तल्लो भेगमा बसोबास गर्ने किसान लाभान्वित हुनेछन् ।

तीन महिनाभित्रमा आयोजना सम्पन्न हुने जनाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार