Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय टी प्रोड्युसर एसोसिएशनद्वारा मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

सूर्योदय टी प्रोड्युसर एसोसिएशनद्वारा मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १० २०८०


सूर्योदय टी प्रोड्युसर एसोसिएशनद्वारा मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

इलाम । सूर्योदय टी प्रोड्युसर एसोसिएशनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन्। नेपालमा उत्पादन भएको चिया तेस्रो मुलुकमा सहज तरिकाले निर्यात गर्न प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्ने माग राख्दै एसोसिएशनले बुधबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरूले सोही दिन एसोसिएशनको अध्यक्ष उत्तमकुमार श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री शम्सेर राईलाई समेत ज्ञापनपत्र बुझाएको एसोसिएशनका प्रवक्ता बुद्धभूषण योञ्जनले जानकारी दिए।

उनका अनुसार स्थानीयस्तरमा उत्पादन भएको चिया सरकारी कार्यालयले पनि प्रयोगमा ल्याउनुपर्ने माग राखेका थिए। ज्ञापनपत्र बुझेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले एसोसिएशनसँग सहकार्य गरेर जाने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार